सुरूमै दबाबमा साविक विजेता जनकपुर, काठमाडौंका मिलिन्द एक्लैले लिए ३ विकेट « Khabarhub

सुरूमै दबाबमा साविक विजेता जनकपुर, काठमाडौंका मिलिन्द एक्लैले लिए ३ विकेट


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स दबाबमा परेको छ।

काठमाडौं गोर्खाजले बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको जनकपुर ५० रन नकटाउँदै दबाबमा परेको हो ।

साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले उत्कृष्ट बलिङ गरेको छ। काठमाडौंका लागि मिलिन्द कुमार एक्लैले ३ विकेट झारेका छन् ।

काठमाडौंका लागि सञ्जय कृष्णमुर्तीले १ विकेट लिएका छन् । ताजा अवस्थामा जनकपुर ११ ओभर खेल्दै ४ विकेटको क्षतिमा ६४ रनको अवस्थामा छ ।

जनकपुरका लाहिरू मिलान्था ७ रन, कप्तान अनिल साह शून्य, सञ्जय कृष्णमूर्ति २ रन र जन निकोल पनि २ रनमै आउट हुन पुगे ।

अहिले जनकपुरको स्कोर आशिफ शेखले ४३ रन र मयन यादवले ४ रन बनाएर सम्हालिरहेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ४ : ५५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस