छ हजारलाई आधारभूत योग शिक्षा प्रदान « Khabarhub

छ हजारलाई आधारभूत योग शिक्षा प्रदान


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङमा छ हजार नागरिकलाई योग शिक्षा प्रदान गरिएको छ । मानवसेवा आश्रम बागलुङ शाखाले आयोजना गरेको योग शिविरबाट छ हजार बढीलाई योगासनको विषयमा जानकारी गराइएको हो ।

आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको अवसरमा छ हजारलाई योग शिक्षा दिइएको आयोजकले जनाएको छ । 

गत कात्तिक २२ गतेदेखि एक हप्ता योग शिविर सञ्चालन गरिएको थियो । पतञ्जली योग समिति नेपालका योग प्रशिक्षक ललित शङ्कर योगीले योग, ध्यान र प्राणायम गराएका थिए । 

पतञ्जली योग समिति बागलुङका सङ्गठन, मन्त्री तथा महायज्ञ व्यवस्थापन योग उपसमितिका संयोजक अमृत कँडेलको संयोजकत्वमा शिविरको सञ्चालन तथा व्यवस्थापन गरिएको थियो ।  रासस
 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ४६ बजे

निजी लगानीकर्तालाई शेयर बेच्ने फिफाको योजना रद्द

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली