छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने ३ जना बिचौलिया पक्राउ « Khabarhub

छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने ३ जना बिचौलिया पक्राउ


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा प्रहरीले तीन ‘बिचौलिया’लाई पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–१ का ३२ वर्षीय भाग्यनारायण साह, धादिङ नेत्रावती गाउँपालिका–२ का ३६ वर्षीय विरेन्द्र थापा मगर र सिन्धुपाल्चोक चौतारा नगरपालिका–५ का ४३ वर्षीय मिक्टे लामा छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पक्राउ पर्नेहरूले विभागको मूलगेट बाहिर सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई ‘छिटोछरितो पासपोर्ट बनाइदिने’ भन्दै अतिरिक्त रकम लिने गरेका थिए।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, पक्राउ पर्नेहरूले सेवाग्राहीलाई दुःख दिने तथा राहदानी विभागका कर्मचारीहरूको काममा समेत अवरोध पुर्‍याउँदै आएको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ८ : ४३ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको