काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमाण्डू गुर्खाजका कप्तान करण केसीले ‘ऐतिहासिक क्षण’को संज्ञा दिएका छन्।
उद्घाटन खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले टोलीको सुरुवात उत्कृष्ट भएको बताए।
‘यो टोलीका लागि ‘ग्रेट स्टार्ट’ हो,’ केसीले भने, ‘खेलमा केही गल्तीहरू भए, तर हामीले खेलमा राम्रो पुनरागमन गर्यौ।’
उनले नेपाली समर्थकको अगाडि रात्रिकालीन खेल खेल्नु ‘अद्भूत अनुभव’ रहेको बताए।
आगामी खेल योजनाबारे सोधिएको प्रश्नमा केसीले टोलीले ‘एक पटकमा एक खेल’को रणनीतिमा ध्यान केन्द्रित गर्ने बताए। ‘हामी पहिलो खेलमा भएका गल्तीहरू सुधार्दै अघि बढ्नेछौँ,’ उनले थपे।
साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डू गोर्खाजले पाँच विकेटको जित निकालेको थियो। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंकशालामा सम्पन्न खेलमा जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो।













प्रतिक्रिया