महिला क्रिकेटः चितवनको लगातार दोस्रो जित | Khabarhub Khabarhub

महिला क्रिकेटः चितवनको लगातार दोस्रो जित


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वुमेन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ।

चितवनले शुक्रबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ८९ रनको फराकिलो अन्तरले पराजित गरेको हो। पहिलो खेलमा चितवनले भने काठमाडौं क्विन्स हराएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । चितवनका लागि ऋतु कनौजियाले नटआउट ५८ रन जोडिन्। उनले ५५ बलमा ८ चौका प्रहार गरेकी थिइन् । कप्तान इन्दु बर्माले १० रन र प्यारी चौधरीले नटआउट २२ रन बटुलिन्। उनले २३ बलमा १ चौका प्रहार गरेका थिए ।

बलिङमा ललितपुरकी नेरी थापाले २ विकेट लिइन्। १ सय ३६ रनको लक्ष्य पछ्याएको ललितपुर १७.१ ओभरमा ४६ रनमै समेटियो। ललितपुरका लागि कप्तान नेरी थापाले १७ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

ललितपुरको इनिङ ध्वस्त पार्ने क्रममा चितवनकी कविता गौतमले ३ विकेट र ऋतुले २ विकेट हात पारे। जारी प्रतियोगितामा पाँचै वटै टिमले २–२ खेल खेल्दा चितवन र विराटनगरले दुवै खेल जितेका छन्।

काठमाडौं एक खेलमा विजयी हुँदा ललितपुर र पोखरा पल्टन दुवै खेलमा पराजित भएका छन्। यसैबीच शनिबार पनि दुई वटा खेल हुनेछन् । शनिबार हुने पहिलो खेलमा पोखरा पल्टनले र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा विराटनर टाइटन्स र काठमाडौं क्वीन्सबीच खेल हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ५ : ५५ बजे

परिणीति चोपडा र राघव चड्ढाले आफ्नो पहिलो सन्तानलाई स्वागत गरे

काठमाडौं– बलिउडकी चर्चित अभिनेत्री परिणीति चोपड़ा र उनका पति राजनीतिज्ञ

आजपनि बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३०० रुपैयाँले

जापानिज इन्सेफलाइटिसबाट नवलपरासीमा चार जनाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट

विशालको विवादास्पद बयान : अवार्डमा कहिल्यै विश्वास नगर्ने

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार विशाल हाल आफ्नो आगामी र बहुप्रतिक्षित

पौवादुङमाको खुर्सानी खेती : बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकामा भइरहेको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका