वेस्ट ब्याङ्कमा जारी इजरायली हिंसाको युरोपियन युनियनद्वारा निन्दा « Khabarhub

वेस्ट ब्याङ्कमा जारी इजरायली हिंसाको युरोपियन युनियनद्वारा निन्दा


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युरोपेली युनियनका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि काजा कल्लासले वेस्ट ब्याङ्कमा निरन्तर जारी हिंसाको कडा निन्दा गर्दै उक्त घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताएकी छिन् ।

ब्रसेल्सस्थित युरोपेली आयोगको मुख्यालयमा प्यालेस्टिनी प्रतिनिधिमण्डलबीच प्रस्तुत टिप्पणीमा कल्लासले धम्की अभियान, शारीरिक तथा मौखिक आक्रमण, सम्पत्ति र घरहरू नष्ट भएको विषयमा छलफल भइरहेको तथा यस्ता अभ्यासहरू ईयूलाई अस्वीकार्य भएको बताइन् ।

युरोपियन युनियनले सहायता कार्यक्रम, विकास परियोजनाहरू र दुई–राज्य बिचको युद्ध समाधानको लागि प्यालेस्टिनी प्राधिकरणको भूमिकालाई सुदृढ पार्न प्यालेस्टिनी जनताको बलियो समर्थक रहेको कुरामा कलासले जोड दिइन् ।

उनले यसको लागि युरोपेली संघ र प्यालेस्टिनी प्राधिकरण बिचको साझेदारीलाई अझै सुदृढ पार्नेु पर्ने बताइन् । उनले ईयूले इजरायललाई कब्जा गर्ने शक्तिको रूपमा तत्काल, निर्णायक कदम चाल्न तथा निरन्तरको निर्दोस नागरिक माथिको हिंसात्मक अपराध प्रति जवाफदेही बनाउन अघि बड्नेसमेत उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  २ : २१ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा