बन्दुक छाडेका विप्लवले अब बोक्ने छन् गुलाफको फूल (तस्बिरहरू) « Khabarhub

बन्दुक छाडेका विप्लवले अब बोक्ने छन् गुलाफको फूल (तस्बिरहरू)


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय राजनीतिविरूद्धमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ अन्तत: आगामी फागुन २१ गतेको चुनावमा सहभागी हुने भएका छन् ।

प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) पार्टी मंगलबार निर्वाचन आयोगमा दर्ता भएको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको १० वर्षे सशस्त्र संघर्ष पछि आफ्नै नेतृत्वमा भूमिगत जीवन बिताएका विप्लवले अब बन्दुक बिसाएर गुलाफको फूल बोक्ने निर्णय लिएका हुन् ।

विप्लवले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट राजनीतिक गतिविधि गर्दै आएका थिए । तर नेकपाले आधिकारिकता पाउन सकेको थिएन । अब नेकपा (माओवादी) का रुपमा आधिकारिकता पाउँदा उनलाई निर्वाचन आयोगले रातो गुलाफको फूल चुनाव चिह्न दिएको छ।

उनी मंगलबार दिउँसो गुलाफको फूल बोकेर निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन् । उनले त्यहाँ पुगेर दल दर्ताको प्रमाणपत्र बुझेका छन् ।

निवेदन दिँदा विप्लवले पार्टीको नाम नेकपा राख्न भनेका थिए । तर आयोगमा दर्ता हुँदा सशस्त्र द्वन्द्वकालीन नेकपा (माओवादी) नै कायम भएर प्रमाणपत्र दिन लागिएको हो । तर अनौठो के भने नाम चाहिँ सशस्त्र द्वन्द्वकालीन चुनाव चिह्न चाहिँ रातो गुलाफको फूल उनले पाएका छन् ।

चन्दको दलको केन्द्रीय समिति एक सय ५ सदस्य रहेको छ। महासचिवमा चन्द र प्रवक्तामा खड्कबहादुर विश्वकर्मालाई राखिएको छ। स्थायी कमिटीमा ६ सदस्य तोकिएको छ । पोलिटब्युरो २५ सदस्यीय छ ।

विप्लव नेतृत्वको नेकपा (माओवादी) केन्द्रीय समितिमा १६ जना कालिकोटका, १२ जना रोल्पाका र ५ जना कपिलवस्तुका छन्। १०५ केन्द्रीय समितिमा ३५ जना महिला र १६ जना दलित अटेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  २ : ४७ बजे

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको