साढे ८ करोड जरिवानासहित जेल चलान « Khabarhub

साढे ८ करोड जरिवानासहित जेल चलान


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेपछि फरार रहेका सूर्यविनायक नगरपालिका–९ नलिन्चोकका प्रकाशराज खत्री पक्राउ परेका छन् । उनलाई आजै नलिन्चोकबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुरले नख्खु जेल चलान गरेको छ ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरी तीन वर्ष कैद र रु आठ करोड ५० लाख जरिवानाको फैसला सुनाएपछि फरार रहेका खत्रीलाई आज महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको थियो ।

पक्राउ परेका खत्रीलाई आजै नख्खु जेल चलान गरेको जिल्ला अदालत भक्तपुरका सूचना अधिकृत एवं तहसिलदार सघन अधिकारीले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले जाहेरी दिएको मुद्दामा २०७१ साल वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेपछि फरार रहेका खत्रीलाई प्रहरीले पाँच वर्ष छ महिनामा पक्राउ गरेको उनले जानकारी दिए ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले खत्रीले जरिवानाबापतको रकम नबुझाएपछि अदालतले जरिवानाबापत १० वर्ष कैद सजाय थप गरी कूल १३ वर्ष कैद भुक्तान गर्नेगरी कारागार चलान गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ९ : ३० बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।