प्रदेशसभा बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले बुझाए पत्र « Khabarhub

प्रदेशसभा बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले बुझाए पत्र


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेशसभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले मधेश प्रदेश सभाका उपसभामुख बबिता राउत ईशरलाई पत्र बुझाएका छन् । 

सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको प्रस्ताव दर्ता रहेको समयमा विपक्षी दलका प्रदेशसभा सदस्यहरूको टोलीले मंगलबार उपसभामुखलाई भेटेर प्रदेशसभाको बैठक आह्वान गर्न माग गरेका हुन् । वि

पक्षी दलहरूको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित उपसभामुख बबिता राउत समक्ष प्रदेशसभा बैठक मंसिर ३ गते बुधबार आह्वान गर्न माग गरे । 

प्रदेशसभा सदस्य साहले २५ प्रतिशत प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेर बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेको र प्रदेशसभा बैठकबाटै सभामुखविरुद्धको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडी बढाउने उद्देश्यका प्रदेशसभा बैठक आह्वान गर्न माग गरेको जानकारी दिए ।

सभामुखमाथि दर्ता गरिएको प्रस्तावमाथि छलफल प्रक्रिया अगाडी बढाउनका लागि आफूहरूले प्रदेशसभा बैठक बोलाउन माग गरेको उनले बताए । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्रले मधेश प्रदेश सभाको बैठक बोलाउन माग गरेका हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ४ : ५२ बजे

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ ।

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 

चितवन– चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै