६ वटा एशोसिएसनले मागे नेपाल स्वास्थ्य व्यवसायी परिषदमा प्रतिनिधित्व  « Khabarhub

६ वटा एशोसिएसनले मागे नेपाल स्वास्थ्य व्यवसायी परिषदमा प्रतिनिधित्व 


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न ६ वटा एशोसिएसनहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषदमा आफ्नो पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्ष्या मन्त्री डा. सुधा शर्मालाई संयुक्त ज्ञापन पत्र बुझाउदै नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याब्रेटरी एशोसिएसन अफ नेपाल, नेपाल फिजियोथेरापी एशोसिएसन, नेपाल सिएमए संघ र नेपाल दृष्टि विशेषज्ञ संघ गरी ६ वटा एशोसिएसनहरुले परिषदको काम कारबाहीलाई थप व्यवस्थित बनाउन सदस्यका रुपमा आफ्नो पनि प्रतिनिधित्व गराउन माग गरेका हुन् । 

परिषद्को कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन आफूहरूलाई सदस्यका रूपमा समावेश गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ ।

परिषद्मा यी विषयका विज्ञ सदस्यहरू थपिएमा जनशक्ति उत्पादनको गुणस्तर वृद्धि हुने, निरन्तर व्यावसायिक विकास कार्यक्रम प्रभावकारी रूपमा लागू हुने, लाइसेन्स प्राप्त स्वास्थ्यकर्मीहरूको नियमित निरीक्षण तथा अनुगमन हुने, आचारसंहिता पालना गराउने, कार्यक्षेत्र र सेवाको व्यवस्थित अभिलेख राख्ने तथा परिषद्को आफ्नै परीक्षा केन्द्र स्थापना गर्न सकिने लगायतका धेरै फाइदा हुने बताएका छन् ।

२०५३ सालमा स्थापना भएको परिषद्को ऐन २७ वर्ष बितिसक्दा पनि संशोधन हुन नसकेको, दफा ४ को उपदफा (च) बमोजिम २३ वर्षदेखि निर्वाचन हुन नसकेको, दफा १२ तथा नियमावलीको दफा १२ अनुसार गठन हुने सम्बन्धित विषय समितिमा कुल सङ्ख्याको ५० प्रतिशत विज्ञ सदस्य नभएको तथा परीक्षा समितिमा अनुभवी सदस्यहरूको अभाव रहेको जस्ता गम्भीर समस्या उनीहरूले औँल्याएका छन् ।

यी सबै समस्याको समाधानका लागि नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा ४ को उपदफा (३) बमोजिम सदस्यहरू थपघट तथा हेरफेर गरी आफूहरूलाई पनि सदस्य कायम गरिदिन मन्त्रालयसँग एशोसिएसनहरूले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ५ : ११ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक