काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले धक्का ब्यहोरेको छ।
उसका दुवैजना ओपनर पहिलो ओभरमै खाता नखोली आउट भएका छन् । पहिलो ओभरको दोस्रो बलमा जोश ब्राउन र छैटौँ बलमा विनोद भण्डारीलाई करण केसीले पवेलियन पठाएका हुन्।
त्यसपछि काठमाडौंका कप्तान केसीले दोस्रो ओभरको पाँचौँ बलमा क्रिस ल्योनलाई पनि आउट गरेका छन् ।
सुरुवाती दुई बल सामना गरेका ब्राउन पहिलो विकेटका रुपमा क्रिजबाट बाहिरिए । उनलाई करणको एलबीडब्ल्यू धरापमा परेका थिए । बिनोदलाई भने करणले पहिलो ओरको अन्तिम बलमा भीम सार्कीमार्फत् पहिलो क्याट आउट गराएका हुन् ।













प्रतिक्रिया