लाभ लिन तिहारअघि घर भित्र्याउनुपर्ने ५ वस्तु | Khabarhub Khabarhub

लाभ लिन तिहारअघि घर भित्र्याउनुपर्ने ५ वस्तु


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तिहार हिन्दू धर्मको दोश्रो ठुलो चाड हो । यस पटकको तिहार कार्तिक ९ गतेबाट शुरु भई कार्तिक १२ गतेसम्म छ ।

तिहारमा विशेषतः लक्ष्मी र गणेशको पुजाअर्चना गरिन्छ । देवी लक्ष्मीको आरधना गरे घरमा सुख, समृद्धि तथा धन आउने विश्वास गरिन्छ भने ।

गणेशको पुजा गरेमा घरमा आउने संकट तथा बिघ्न हट्ने विश्वास छ । यसका साथै तिहारमा यि ५ बस्तुलाई घरमा भित्राएमा लाभ हुने धार्मिकशास्त्रमा उल्लेख छ ।

१. श्रीयंत्र
देवी लक्ष्मीको कृपा पाउन घरमा श्रीयंत्रको तिहार अघि स्थापना गरी नियमित पूजा गरेमा यसले धनयोग बनाउदछ ।

श्रीयंत्रमा देवी लक्ष्मीको अलाबा ३३ अन्य देवी देवाताको चित्र अंकित हुन्छ यसले घरमा रोकिएको धन ल्याउन मद्दत गर्छ ।

२. मोती शंख

तिहार अघि मोती शंख घरमा ल्याई यसलाई विधिविधान पूर्वक पूजा गरी दराजमा राखेमा यसले तुरुन्त धन भित्र्याउने धार्मिक विश्वास छ ।

मान्यता अनुसार मोती शंख राख्दा घरमा धन टिक्ने र आम्दानि समेत बढाउने गर्दछ ।

३. लक्ष्मी कौडा

धार्मिक ग्रंथ अनुसार लक्ष्मीसंगै कौडा पनि समुन्द्रबाट उत्पती भएको हो । तसर्थ धन आर्कषित गर्न लक्ष्मी कौडामा स्वभाविक गुण रहने भएकाले यसले अनावश्यक रुपमा बाहिरीने धन समेत खर्च हुनबाट बचाउछ । अपत्यारीलो स्थानबाट समेत धन योग बनाउने गर्दछ ।

४. आकको जरा

शुक्रवारको दिन पारेर विधिविधान पुर्वक सेतो आकको जरा पूजा गरी घर भित्र्याएमा यसले धनयोग बनाउने गर्दछ ।

यसरी भित्र्याइएको आकको जरा पुजा पछि धन राख्ने दराज वा बकशमा राख्नाले यसले तत्काल धन ल्याउने विश्वास गरिन्छ ।

५. कमल गट्टा

कमल गट्टा कमलको फुलको बीउबाट बन्दछ । देवी लक्ष्मीलाई कमल फुल मनपर्ने भएकाले यसको बिउबाट निर्मित माला लक्ष्मीको प्रतिमामा लगाई पुजा गरेमा असम्भव स्थानबाट पनि सजिलै धन प्राप्तिको योग बन्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ६ : ५२ बजे

नासा र बोइङले स्टारलाइनरको पहिलो क्रु मिसन अन्तरिक्ष स्टेसनमा पठाउने

लस एन्जलस– अमेरिकी अन्तरिक्ष निकाय (नासा) र बोइङले आगामी सोमबार

विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयले बजेट छुट्याउने 

धुलिखेल– बागमती प्रदेश सरकारका प्रवक्ता साथै आन्तरिक मामिला तथा कानुनमन्त्री

मैथली भाषामा फिल्म ‘लेबर’ बनाउँदै निर्देशक पूर्णेन्दु

काठमाडौं– विश्व मजदुर दिवसको अवसरमा मैथली भाषाको फिचर फिल्म ‘लेवर’

अर्थमन्त्री भन्छन् : आर्थिक शिथिलता कम हुँदैछ, तर ढुक्क हुने अवस्था छैन

अर्थमन्त्री वर्षमान पुन अनन्तले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गए

दक्षिणी चीनमा राजमार्ग भासिँदा १९ जनाको मृत्यु, दर्जनौं घाइते

बेइजिङ– दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा