काठमाडौंविरुद्धको ब्याटिङमा सुदूरपश्चिमको बिजोग, १० ओभर खेल्दा ५ विकेट गुमाएर केबल ५९ रन « Khabarhub

काठमाडौंविरुद्धको ब्याटिङमा सुदूरपश्चिमको बिजोग, १० ओभर खेल्दा ५ विकेट गुमाएर केबल ५९ रन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ बिजोग देखिएको छ ।

पहिलो ओभरमै ब्याटिङमा खराब देखिएको सुदूरपश्चिले खेल १० ओभरमा पुग्दा विकेट गुमाएर ५९ रन मात्रै जोडेको हो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिमा उत्रिएको सुदूरपश्चिमको पहिलो ओभरमै दुई ओपनर गुमायो । पहिलो ओभरको दोस्रो बलमा जोस ब्राउन र त्यही ओभरको अन्तिम बलमा बिनोद भण्डारी आउट भए । काठमाडौंका कप्तान तथा बलर किरण केसीले यी दुवैलाई रनको खाता खोल्न समेत दिएनन् ।

किरणकै बलमा अर्का ब्याटर क्रिस लिन पनि आउट भए । उनीहरु १० बल खर्चेर २ रन जोड्दै २ ओभरको पाँचौ बलमा आउट भए ।

सुरुमा धर्मराएको सुदूरपश्चिमको ब्याटिङलाई उकास्ने अवसर ब्याटर इशान पाण्डेलाई थियो । उनी पनि मिलिन्द कुमार बलमा मोहम्मद आदिल आलममार्फत् क्याच आउट भए ।

आशफि शेखको सुदूरपश्चिको ब्याटिङ उकास्ने प्रयास गरेका थिए । तर, राशिद खान एलबीडब्ल्यू धरापमा परेपछि उनी क्रिजमा लामो समय टिकेनन् । २४ बलमा २४ रन जोड्दा उनले तीन चौका प्रहार गरे ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : ५२ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक