भीरबाट लडेकी विदेशी महिलाको मृत्यु « Khabarhub

भीरबाट लडेकी विदेशी महिलाको मृत्यु


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बुमा भिरबाट लडेर एक विदेशी महिलाको मृत्यु भएको छ ।

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-५ कोङ्देस्थित भिरबाट लडेर पोल्याण्डबाट नेपाल घुम्न आएकी २६ वर्षीय पेसिता मेलिना नाम गरेकी महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

उनी यात्रा गर्ने क्रममा भिरबाट लडेकी थिइन । उनको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

घटना जानकारीमा आएपछि इलाका प्रहरी कार्यालय नाम्चेको प्रहरी टोलीले भिरबाट दुई सय मिटर तल खसेकी विदेशी महिलाको शव उद्धार गरेको थियो ।

शव लुक्लातर्फ लगिरहेको सोलुखुम्बु प्रहरीलाई उद्धत गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ७ : २७ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र