सुरूमै धर्मरायो काठमाडौं, ४० रन नजोड्दै गुमायो तीन विकेट « Khabarhub

सुरूमै धर्मरायो काठमाडौं, ४० रन नजोड्दै गुमायो तीन विकेट


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा सुदूरपश्चिमविरुद्ध काठमाडौं गुर्खाजको ब्याटिङ सुरुमै धर्मराएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको काठमाडौंले सस्तैमा सुरुवाती तीन ब्याटर गुमाएको हो ।

पाँचौँ ओभरमा पुग्दा काठमाडौंले ३ विकेटको क्षतिमा ४० रन जोडेको छ । तेस्रो विकेटका रुपमा अर्का ओपनर आकाश त्रिपाठी पनि सस्तैमा आउट भए ।

त्रिपाठीले ९ बलमा एक छक्काको सहयोगमा १३ रन जोडे । उनी हर्मित सिंहकको बलमा रन आउट भएका हुन् । पाँच ओभरमा खेल आइपुग्दा काठमाडौं तीन विकेटको क्षतिमा ४० रनको अवस्थामा छ ।

ओपरन बेन चार्ल्सवर्थ ८ बल खेलेर दुई चौका प्रहार गरेर ८ रनमै आउट भए । उनी सुदूरपश्चिमका हेमन्त धामीको बलमा बिनोद भण्डारीमार्फत् क्याच आउट भए।

अर्का ब्याटर भीम सार्की पनि सस्तैमा आउट भए । १० बलमा २ चौकाको सहयोगमा १२ रन जोडर उनलाई पनि धामीले नै मैदानबाट बिदा गरे । भीम धामीको बलमा आरिफ शेखमार्फत् क्याच आउट भएका हुन् ।

सन्तोष यादव ३ बलमा १ रन जाेडेर रन आउट भए ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : ३० बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा