सुदूरपश्चिमले बलिङमा लय समात्दा काठमाडौं २९ रनले पराजित « Khabarhub

सुदूरपश्चिमले बलिङमा लय समात्दा काठमाडौं २९ रनले पराजित


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सको लयको लयको बलिङले काठमाडौं गुर्खाज २९ रनले पराजित भएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ११८ रन मात्रै बनायो ।

सुदूरपश्चिमले यस सिजनको पहिलो खेलमा जित नेकालेको छ । काठमाडौंले भने यस सिजनमा एक हार र एक जिते निकालेको छ । उद्घाटन खेलमा काठमाडौंले जनकपुर बोल्टसलाई पराजित गरेको थियो ।

काठमाडौंलाई लक्ष्य अगावै रोक्न सुदूरपश्चिमका हेमन्त धामीले महत्त्वपूर्ण दुई विकेट लिए । उनले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको विकेट लिए ।

हेमन्तले बेनलाई दोस्रो ओभरको पहिलो बल र भीमलाई तीन ओभरको चौथो बलमा आउट गरे ।

हर्मित सिंहले जोश ब्राउनमार्फत् काठमाडौंका सबैभन्दा बढी बनाउने ब्याटर ओपनर आकाश त्रिपाठीलाई क्याच आउट गराए । हर्मितले मोहम्मद आदिल आलमलाई पनि आउट गराए ।

इसान पाण्डेले काठमाडौंका दोस्रो ठूलो रन जोड्ने जोन सिम्पसनलाई आउट गराए ।

सुदूरपश्चिचमलाई जिताउन स्कट कुगेलेइजनले दुई विकेट लिए । इसान पाण्डे, नरेन साउद र अविनाश बोहोराले समान १-१ विकेट लिए ।

काठमाडौंबाट सबैभन्दा बढी रन जोड्ने आकाश हुन् । उनले ३० बलमा एक चौका र दुई छक्काको सहयोगमा ३४ रन जोडे । दोस्रो धेरै २४ रन जोन सिम्पसनले प्रहार गरे । बाँकी खेलाडीको ब्याटिङ सम्झन‍लायक रहेन ।

काठमाडौंका ६ खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : २९ बजे

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार

कुलमानले भने- सही व्यक्ति नेतृत्वमा नपुगेसम्म देश बन्न बन्दैन

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सही व्यक्ति नेतृत्वमा