नेपाल बैंकद्वारा डोल्पाको दुनैमा ‘एटीएम’ सेवा आरम्भ « Khabarhub

नेपाल बैंकद्वारा डोल्पाको दुनैमा ‘एटीएम’ सेवा आरम्भ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

डोल्पा– नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटीएम’ सेवा थालनी गरेको छ ।

बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा  बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्दै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बैंकिङ सेवा सहज होस् भन्ने ध्येयले एटीएम सेवा सञ्चालन गरिएको जानकारी दिए । 

उनले भने, ‘सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको छ ।’ डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटीएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राखे।  

ठूलीभेरी नगरपालिका– ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य सङ्घ डोल्पाका अध्यक्ष लालीमान बुढा लगायतले नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटीएम’ सेवा आरम्भ गरेकामा  धन्यवाद व्यक्त गरे । 

उनहरुले आगामी दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायको लागि ऋण लिने व्यवस्था गर्न माग गरेका छन । बैँकका शाखा प्रमुख भवि भण्डारीले ग्राहकलाई  एटिएम कार्ड्स उपलब्ध गराउने जानकारी दिए । 
 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : ५३ बजे

पाकिस्तान र इराकको जेलबाट ५६० अफगानी कैदी जेलमुक्त

एजेन्सी– गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका

दोस्रो बलमै लुम्बिनीले लियो चितवनको पहिलो विकेट

काठमाडौं- एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ

सरकारविरूद्ध पोल लिएर राष्ट्रपतिकहाँ जेन-जीको समूह, सुशीला कार्की असफल भएको जिकिर 

काठमाडौं– जेन-जी समूहका २३ संगठनले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै

अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त

एजेन्सी– युक्रेनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेको नयाँ शान्ति प्रस्तावमा

एनपीएलमा आज : लुम्बिनीले टस जित्यो, चितवनविरुद्ध पहिले फिल्डिङमा

काठमाडौं- एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ