तरुण दलले स्थापना दिवस मनाउने « Khabarhub

तरुण दलले स्थापना दिवस मनाउने


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ६७ औँ स्थापना दिवस भव्यताका साथ देशभर मनाउने भएको छ ।

दलको कार्यालय कुलेश्वरमा शुक्रबार बसेको बैठकले दलको ६७ औँ स्थापना दिवसका अवसरमा कात्तिक १० गते रचनात्मक र सिर्जनात्मक क्रियाकलाप गरेर देशभर स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

दलका अध्यक्ष जीतजङ्ग बस्नेतले रक्तदान, खेलकूद, सरसफाइ, विचारगोष्ठी, र्‍याली, प्रभातफेरी, चियापानलगायतका कार्यक्रम गरेर मनाउने निर्णय गरेको जानकारी दिए । दलले स्थापना दिवस भव्यताका साथ मनाउन सबै जिल्लालाई परिपत्रसमेत गरेको छ ।

बैठकमा अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान् गुरुङलगायतको उपस्थिति रहेको थियो । विसं २०७३ कात्तिकमा अन्तिम सात निर्वाचन भएको तरुण दलले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ११ : ४५ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न