तरुण दलले स्थापना दिवस मनाउने | Khabarhub Khabarhub

तरुण दलले स्थापना दिवस मनाउने


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ६७ औँ स्थापना दिवस भव्यताका साथ देशभर मनाउने भएको छ ।

दलको कार्यालय कुलेश्वरमा शुक्रबार बसेको बैठकले दलको ६७ औँ स्थापना दिवसका अवसरमा कात्तिक १० गते रचनात्मक र सिर्जनात्मक क्रियाकलाप गरेर देशभर स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

दलका अध्यक्ष जीतजङ्ग बस्नेतले रक्तदान, खेलकूद, सरसफाइ, विचारगोष्ठी, र्‍याली, प्रभातफेरी, चियापानलगायतका कार्यक्रम गरेर मनाउने निर्णय गरेको जानकारी दिए । दलले स्थापना दिवस भव्यताका साथ मनाउन सबै जिल्लालाई परिपत्रसमेत गरेको छ ।

बैठकमा अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान् गुरुङलगायतको उपस्थिति रहेको थियो । विसं २०७३ कात्तिकमा अन्तिम सात निर्वाचन भएको तरुण दलले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ११ : ४५ बजे

बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने

काठमाडौं– काभ्रेको बनेपामा बिहीबारदेखि नरदेवी श्री श्वेतकालीको नाच आयोजना हुने

टिचिङ हस्पिटलमा ल्याइयो यलुङरीको हिमपहिरो ज्यान गुमाएका पर्यटकको शव 

काठमाडौं– दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका

मुलुक अगाडि बढाउन संसद् पुर्नस्थापना आवश्यक : उपाध्यक्ष पौडेल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले संसद् पुर्नस्थापना गरि संविधान

‘संसद् पुनर्स्थापना गरी संविधान संशोधनमार्फत ताजा जनादेशमा जानुपर्छ’

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले संसद् पुनर्स्थापना गरी

पार्टी पुनर्गठनमा लाग्ने घनश्याम भुसालको घोषणा

काठमाडौं– कम्युनिष्ट एकता प्रक्रियाबाट अलग भएका नेकपा एकीकृत समाजवादीका महासचिव