एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन « Khabarhub

एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सले ६ विकेटको जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवनले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेटको क्षतिमा १४६ रन बनायो ।

यस सिजनमा लुम्बिनीले पहिलो खेलमा नै जित निकालेको हो । चितवन भने लगातार दोस्रो जित निकाल्न असफल भएको छ । सिजनको दोस्रो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।

चितवनका रवि बोपाराले यस खेलमा अर्धशतक प्रहार गरे थिए । उनले ५५ बलमा चार चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । उनको अर्धशतकले टिमलाई हारबाट जोगाउन सकेन । बोपारा जारी सिजनमा दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

लुम्बिनीको जितमा गुलबदिन नैबले सर्वाधिक अविजीत ४४ रन बनाए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, कप्तान रोहित पौडेलले ३९ रन जोडे । उनले ४४ बल खेल्दै एक चौका प्रहार गरे ।

ओपनर सन्दीप जोराले भने १८ बलमा २८ रन जोड्दा चार चौका हाने ।

बलिङतर्फ रिजन ढकालले लुम्बिनीको महत्वपूर्ण दुई विकेट लिए । उनले दुवै आपनर सन्दीप जोरा र डी आर्सी सर्टलाई आउट गराए । सोहेल तन्बिरले लुम्बिनीका कप्तान रोहित पौडेलको विकेट लिए ।

खेलमा चितवनका कमलसिंह ऐरी खर्चिला बलर साबित भए । तीन ओभर बलिङ गर्दा विकेटविहीन भएर उनले ४४ रन खर्चिए । चितवनका कप्तान कुशल भने बलिङमा किफयाती निस्किए । उनले चार ओभर बलिङ गर्दा १६ रन मात्रै खर्चिए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ७ : २९ बजे

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको