एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन « Khabarhub

एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सले ६ विकेटको जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवनले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेटको क्षतिमा १४६ रन बनायो ।

यस सिजनमा लुम्बिनीले पहिलो खेलमा नै जित निकालेको हो । चितवन भने लगातार दोस्रो जित निकाल्न असफल भएको छ । सिजनको दोस्रो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।

चितवनका रवि बोपाराले यस खेलमा अर्धशतक प्रहार गरे थिए । उनले ५५ बलमा चार चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । उनको अर्धशतकले टिमलाई हारबाट जोगाउन सकेन । बोपारा जारी सिजनमा दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

लुम्बिनीको जितमा गुलबदिन नैबले सर्वाधिक अविजीत ४४ रन बनाए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, कप्तान रोहित पौडेलले ३९ रन जोडे । उनले ४४ बल खेल्दै एक चौका प्रहार गरे ।

ओपनर सन्दीप जोराले भने १८ बलमा २८ रन जोड्दा चार चौका हाने ।

बलिङतर्फ रिजन ढकालले लुम्बिनीको महत्वपूर्ण दुई विकेट लिए । उनले दुवै आपनर सन्दीप जोरा र डी आर्सी सर्टलाई आउट गराए । सोहेल तन्बिरले लुम्बिनीका कप्तान रोहित पौडेलको विकेट लिए ।

खेलमा चितवनका कमलसिंह ऐरी खर्चिला बलर साबित भए । तीन ओभर बलिङ गर्दा विकेटविहीन भएर उनले ४४ रन खर्चिए । चितवनका कप्तान कुशल भने बलिङमा किफयाती निस्किए । उनले चार ओभर बलिङ गर्दा १६ रन मात्रै खर्चिए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ७ : २९ बजे

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई

केन्द्रीय कारागार छिरेका गृहमन्त्रीले भेटे टोपबहादुर र राजेश अहिराजलाई

काठमाडौं- गृहमन्त्री ओम प्रकाश अर्याल मंगलबार काठमाडौंस्थित दुई ठूला कारागार