प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर गर्न सक्नुहुन्छ– मन्त्री बस्नेत « Khabarhub

प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर गर्न सक्नुहुन्छ– मन्त्री बस्नेत


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् ।

सुर्खेत विमानस्थलमा प्रेस सङ्गठन सुर्खेतले शनिवार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्रिपरिषद् कस्तो बनाउने र मन्त्रीहरु हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीकै भएको बताएका हुन् ।

“मन्त्रिपरिषद् परिवर्तन गर्ने कुरा प्रधानमन्त्रीको कुरा हो, उहाँको सहजताका लागि हो, उहाँले केही हेरफेर गर्न सक्नुहुन्छ”, मन्त्री बस्नेतले भने । । पत्रकारको प्रश्नमा मन्त्री बस्नेतले मन्त्री परिवर्तनको विषय नयाँ नभएको र बाहिर आएजस्तो गरी मन्त्रिपरिषद् हेरफेरको चर्चा नभएको स्पष्ट पारे ।

मन्त्री बस्नेतले कर्णाली प्रदेशलाई विकासको राष्ट्रिय मूलप्रवाहमा सहभागी गराउने बताए । कर्णालीको विकासमा सबैको भूमिका आवश्यक भएको भन्दै मन्त्री बस्नेतले यो वर्ष आर्थिक, सामाजिक विकासको वर्ष हुने बताए । आर्थिक विकास र संरचना निर्माण सरकारको पहिलो प्राथामिकता भएकाले अब सबैतिर विकासले गति लिने बताए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण गरिने प्रादेशिक विमानस्थल जमीनको कारण नरोकिने भन्दै यसको काम छिट्टै सञ्चालन हुने उनले जानकारी दिए ।

सरकारले बाढीपीडितको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै मन्त्री बस्नेतले बाढीपीडितको समस्या समधान हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ३ : ४९ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)