काठमाडौं– नेकपा एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै नेसनल भोलेन्टियर फोर्स घोषणा गर्दै छ । फोर्स घोषणाअघि एमाले निकट युवाहरूले र्याली गरेका छन् ।
मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले र्यालीको नेतृत्व गरेका छन् । बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम छ ।
समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३-२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको एमालेले जनाएको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी






























प्रतिक्रिया