पोखराको फितलो बलिङमा सुदूरपश्चिमले दियो १९४ रनको लक्ष्य « Khabarhub

पोखराको फितलो बलिङमा सुदूरपश्चिमले दियो १९४ रनको लक्ष्य


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १९३ रन बनाएको छ । यससँगै पोखराले १ सय ९४ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभर ७ विकेटको क्षतिमा १ सय ९३ रन जोडेको हो ।

सुदूरपश्चिमका ओपनर जोश ब्राउन र बिनोद भण्डारीले पहिलो विकेटका लागि १ सय ८ रनको उत्कृष्ट साझेदारी गरे ।

जोश ब्राउनले यस खेलमा अर्धशतक प्रहार गरे । टिमका लागि सर्वाधिक ६८ रन जोड्न उनले ३५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे । उनलाई पोखराका जेम्स निशमले किरण ठगुन्नामार्फत् क्याच आउट गराएका हुन् ।

त्यसैगरी अर्का ओपनर बिनोद भण्डारी ४२ बलमा ४३ रन जोडेर मैदानबाट बाहिरिए । उनले ४ चौका प्रहार गरे । पहिलो विकेट गुमेपछि क्रिजमा आएका क्रिस लिन पनि आक्रमक ब्याटिङ गरेर छोटो समयमा नै आउट भए ।

उनले १३ बलमा चार चौका र दुई छक्काको सहयोगमा ३१ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे । बाँकी खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका आरिफ शेख भने तीन बल खर्चेर रनको खाता नखोली आउट भए । ११ ओभरसम्म पोखराको बलिङ फितलो रह्यो । त्यसपछिका ओभरमा भने पोखराले केही लय समात्यो ।

डान डाउथवेटले हर्मित सिंह र दीपेन्द्रसिंह ऐरीको विकेट लिए । चार ओभर बलिङ गरेका उनले २४ रन खर्चिए ।

१० ओभरको चौथो बलसम्म पुगेर पोखराले पहिलो विकेटका रुपमा सुदूरपश्चिमका ब्राउनलाई आउट गर्न सफल भयो । सुदूरपश्चिममा ब्याटिङ फर्ममा रहेका जश ब्राउन र क्रिस लिनलाई पोखराका जेम्स निशमले आउट गराए । तर, उनले ४ ओभर बलिङ गर्दा तीन विकेट लिए पनि ४७ रन खर्चिए ।

उनी पोखराबाट सबैभन्दा बढी रन खर्चिने बलर नै बन्न पुगे । ४ ओभर बलिङ गरेका सागर ढकालले विकटविहीन रहेर ४१ रन खर्चिए । ३ ओभर बलिङ गर्दा उनले ३७ खर्चिए ।

विपीन खत्रीले ३ ओभर बलिङ गर्दा विकेटविहीन रहेर २३ रन खर्चिए । आकाश चन्दले चार ओभरमा ४४ रन खर्चिए । उनले दुई विकेट लिन भने सफल भए । कप्तान कुशल भुर्तेलले १ ओभर बलिङ गरी १० रन खर्चिए ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : ५६ बजे

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै