काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले दोस्रो विकेट गुमाएको छ । खेलको २ ओभर २ बलमा सुदूरपश्चिमका हरमित सिंहले दिनेश खरेलको विकेट लिए ।
आउट हुनुअघि उनले ९ बलमा ६ रन बनाए । त्यसअघि यस इनिङ्ग्सको पाचौँ बलमा पोखराका आडम रोजिङटन रन आउट भएका थिए ।
सुदूरपश्चिम रोयल्सले दिएको १ सय ९४ रनको विशाल लक्ष्य पछ्याउँदै अहिले पोखरा एभेन्जर्सले जवाफी ब्याटिङ गरिरहेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९३ रनको योगफल तयार पारेपछि पोखराले विशाल लक्ष्य पाएको हो ।













प्रतिक्रिया