राहदानी आपूर्ति सहज हुने, सात लाख थान राहदानी खरिद सम्झौता « Khabarhub

राहदानी आपूर्ति सहज हुने, सात लाख थान राहदानी खरिद सम्झौता


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राहदानी विभागले अन्तरिम अवधिमा राहदानी अभाव न्यूनीकरण गर्न सात लाख थान विद्युतीय राहदानी तथा वैयक्तिकरण सेवाका लागि वर्तमान आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरेको छ । विभागले आज सार्वजनिक गरेको सूचनामा तीन हप्ताभित्र राहदानी पुस्तिकाको पहिलो किस्ता प्राप्त हुने र त्यसपछि क्रमिक रूपमा थप आपूर्ति जारी रहने उल्लेख गरिएको छ ।

पर्याप्त मौज्दात सुनिश्चित भएसँगै केही समयदेखि बाध्यात्मक रूपमा गरिएको राहदानी उत्पादन कटौती हटाएको विभागले जनाएको छ । सेवा प्रवाहलाई सहज बनाउन विभागले नयाँ व्यवस्थाहरू लागू गरेको जानकारी दिएको छ । दैनिक एक हजार ‘एपोइन्टमेन्ट स्लाँट’ उपलब्ध गराउँदै आएकामा सेवाग्राहीको माग तथा विभागीय क्षमताअनुसार सो सङ्ख्या थप विस्तार गर्दै लगिने विभागले जनाएको छ । आवश्यक जनशक्ति परिचालन गरी अतिरिक्त समयमा पनि राहदानी छपाइ तथा वितरणकार्य छरितो बनाइने भएको छ ।

विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिने सेवाग्राहीका राहदानीहरू एकदेखि दुई हप्ताभित्र छपाइ गरी पठाइने व्यवस्था यथावत रहेको विभागले जनाएको छ । जिल्ला तथा इलाका प्रशासन कार्यालयमार्फत आवेदन दिने सेवाग्राहीमध्ये गत कात्तिक १५ गतेसम्म आवेदन दर्ता गराएकाहरूका राहदानी दुई हप्ताभित्र पठाइनेछ भने सो मितिपछि प्राप्त आवेदन पहिलेझैँ क्रमशः छपाइ गरी पठाइने व्यवस्था मिलाइएको विभागले जानकारी दिएको छ ।

साथै, राहदानी विभागले राहदानी अभावका कारण सेवाग्राहीले भोग्नुपरेको असुविधाप्रति खेद व्यक्त गर्दै नयाँ व्यवस्थाले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ८ : ४४ बजे

चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय

एजेन्सी– चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै

भोटेकोशी बाढीमा फसेका ६ जनाको उद्धार, लाङटाङको टनेलमा १५० मिटरभित्र छिरेर खोज्दै उद्धारकर्मी

काठमाडौं– भदौ १० गतेको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज

उद्धारमा खटिएका चिनियाँ विज्ञ भन्छन् : अन्यभन्दा नेपालको विपद् निकै गम्भीर, गेग्रान भरिएको सुरुङमा छिर्नै कठिन

काठमाडौं- नेपालका सीमावर्ती क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि चीनले उद्धार तथा

कुलमान-प्रधानमन्त्री भेट : २३५ मेगावाटका जलविद्युत् आयोजना छिटो सञ्चालनका विषयमा छलफल

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग