विवाहित महिला भगाउने जनप्रतिनिधि प्रहरी नियन्त्रणमा « Khabarhub

विवाहित महिला भगाउने जनप्रतिनिधि प्रहरी नियन्त्रणमा


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको कटहरिया नगरपालिका–१ का नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य सतलाल दास पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार अपराह्न ४:३० बजे गौरबाट दासलाई पक्राउ गरेको एसपी रबिन कार्कीले पुष्टि गरेका छन्।

उपभोक्ता समितिको सचिव बनाई आफ्नै वडाकी विवाहित दलित महिलालाई ललाइ–फकाइ प्रेमजालमा पारेर भगाएको आरोप दासमाथि लागेको छ। चार छोराछोरीका पिता दासले तीन सन्तानकी आमासँग ‘सम्बन्ध’ बढाउँदै घरदेखि पैसा, सुनचाँदी र जग्गासम्म हिनामिना गरेको पीडित परिवारको आरोप छ।

घटनापछि सामाजिक सञ्जालदेखि स्थानीय राजनीतिक वृत्तसम्म तातेको माहोललाई लिएर जातीय संगठन ‘राष्ट्रिय तत्मा समाज’ समेत सक्रिय बनेको छ। समाजका पूर्व अध्यक्ष राजकुमार दास, महासचिव शंकरदास तत्मा, सल्लाहकार मदन दासलगायतको टोली बिहीबार पीडित परिवार, स्थानीय अगुवासँग निरन्तर छलफलमा जुटेको थियो।

पीडित महिलाका बुबाका अनुसार, २०७२ सालमा विवाह भएकी छोरीलाई वडा सदस्य दासले उपभोक्ता समितिको सचिव बनाएपछि ‘आवतजावत’ बढ्दै गएको थियो। विदेशमा रहेका छोरीका श्रीमान् कृष्णनन्दन दासले पठाइएका करिब १२ लाख रुपैयाँ, करिब ३ लाख बराबरका सुनचाँदीको गहना समेत वडा सदस्यले लिएका छन्।

छोरीको नाउँमा रहेको पाँच कठ्ठा जग्गा समेत दासले धरौटी राखेर पैसा निकालेको महिलाको बुबाले खुलासा गरेका छन्।

परिवारका अनुसार महिलाले पछिल्ला महिनामा तीन साना छोरालाई घरमै छोडेर बाराको निजगढमा दाससँगै भाडाको कोठामा बस्दै आएकी थिइन्। समुदायको खोजबिनपछि दुवै एकै कोठाबाट भेटिएपछि बारा प्रहरीले ईलाका प्रहरी कार्यालय गरुडामा बुझाएको थियो।

सोही दिन कटहरियाका मेयर अजयप्रकाश जैसवालको पहलमा दुवैजनालाई जिम्मा जमानीमा छोडिएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णुप्रदीप बस्यालले विदेशबाट पठाएको रकम, गहना र जग्गासम्बन्धी प्रमाण पेश भएमा दासविरुद्ध कानुनी कारबाही र क्षतिपूर्ति अनिवार्य हुने चेतावनी दिएका छन्।

उता महिलाले आफू घरमा शारीरिक–मानसिक हिंसा सहन बाध्य भएकाले ‘सुरक्षाका कारण’ घर छाडेको बताइरहेकी छन्। मेयर जैसवालले सबै आरोप अस्वीकार गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ परेका वडा सदस्य दासलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

दास पक्राउ पर्नुअघि राष्ट्रिय तत्मा समाजका अध्यक्ष रामबाबु दासको नेतृत्वमा शुक्रवार जिल्ला प्रशासन कार्यालय गौरअगाडि दोषीमाथि कारबाहीको माग गर्दै केही बेर प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १० : १४ बजे

काठमाडौँ महानगरलाई निर्वाचन आयोगले किन सोध्यो स्पष्टीकरण ?

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । आयोगले

ओलीका चुनावी कमाण्डर दाहालले भने : यो निर्वाचन देश जलाउने र बनाउने बीचको हो

गौरीगञ्ज – नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा निर्वाचन क्षेत्र

संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छ : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘फागुन २१ गते

प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक, कुनले कति कमाए ?

काठमाडौं – चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण

कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा

बनियानी – कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको तयारी पूरा