देशलाई छिटै संवैधानिक बाटोमा फर्काउँछौँ : ओली « Khabarhub

देशलाई छिटै संवैधानिक बाटोमा फर्काउँछौँ : ओली


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छिटै संवैधानिक बाटोमा फर्काईने बताएका छन् ।

नेकपा एमाले बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक ढंगले सत्ताकब्जा र संसद् विघटन गर्ने काम भएको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काईने बताएका हुन । 

अराजकताको राज धेरै लामो समय नटिक्ने भन्दै ओलीले अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने जिकिर गरे । उनले असंवैधानिक तवरले विघटन गरिएको प्रतिनिधिसभा अविलम्व पुनस्थापना हुनुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर र असंवैधानिक तवरले गठन भएको उल्लेख गर्दै सरकारले नै देशमा अराजकता, हिंसा र लुटपाटलाई प्रश्रय दिएको आरोप लगाए । जेन-जीका नाममा आफैले केही व्यक्ति बोलाएर, तालिम दिएर सुशासनका नाममा घृणा फैलाउने काम भइरहेको उनले बताए ।

अध्यक्ष ओलीले बारामा नियोजित रुपमा एमालेको कार्यक्रम असफल बनाउने काम भएको भन्दै एमालेलाई निषेध गर्ने क्रम जारी रहे सह्य नहुने चेतावनी दिए । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सरकारको नाटक मात्रै भएकाले निर्वाचन हुन्छ भनेर भ्रम पाल्न नहुने उनले बताए । उनले दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोको यथार्थका बारेमा प्रधानमन्त्रीले जनतालाई जानकारी गराउनुपर्ने भन्दै प्रसाईंलाई गिरफ्तार गरेर यथार्थबाट भाग्न नमिल्ने उल्लेख गरे ।

एमाले देशको सबैभन्दा लोकप्रिय र देशभक्त पार्टी भएको भन्दै उनले कसैको धम्की वा घेराबन्दीबाट नडराउने स्पष्ट पारे । एमालेले प्रतिगामी षड्यन्त्रविरुद्ध सुरु गरेको जनपरिचालन कार्यक्रम अन्तरगत शनिबार काठमाडौंमा जनसभाको आयोजना गरेको हो । 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ४ : ५६ बजे

पत्रकार महासंघ काठमाडौं शाखालाई बक्यौता बुझाउन समाज कल्याण परिषद्को निर्देशन

काठमाडौं – समाज कल्याण परिषद्ले भक्तीमण्डप क्षेत्रस्थित स्टल नं. ७

काठमाडौं–१ : ‘चर्चित’ निर्वाचन क्षेत्रमा मतदाताको मनोविज्ञान बुझ्दै उम्मेदवार

काठमाडौं– प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको काठमाडौँ

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ