एक जना निरंकुश तानाशाह जो रक्सीले हात धुन्थे ! | Khabarhub Khabarhub

एक जना निरंकुश तानाशाह जो रक्सीले हात धुन्थे !


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–अहिले धेरैलाई विश्वास लाग्दैन होला, ६० को दशकमा रोमानियामा निकोलस चाचेस्कुको यस्तो ठूलो प्रभाव थियो कि उनले रोमानियामा २५ वर्ष शासन गरे ।

उनले आफ्नो देशको कुरा मिडियामा बाहिर जानबाट पनि रोके । यतिमात्र होइन, उनले खानेपानी, तेल तथा औषधिसमेतमा कर लगाइदिएका थिए ।

त्यहाँ भोकमरी फैलिएको थियो, हजारौँ मानिसले ज्यान गुमाएका थिए । यसका साथै जासूस र प्रहरीले लगातार आम मानिस आफ्नो निजी जिन्दगीमा के गरिरहेका छन् भनेर निगरानी गरिरहेका हुन्थे ।

चाचेस्कूलाई पूरै रोमानियामा नेता र उनकी पत्नी एलिनालाई राष्ट्रमाताको उपाधि दिइएको थियो ।

रोमानियाका लागि भारतीय राजदूत राजीव डोगरा थिए । निकोलसको शासन अन्त्य भएको दश वर्ष वितिसक्दा पनि मानिसहरुमा उनीप्रतिको डर थियो । डोगराले बीबीसी हिन्दीसँग भनेका छन् ‘मानिसहरु आफ्नो छायासँग पनि डराउँथे आफूलाई कसैले पछ्याएको त छैन भन्दै उनीहरु डराइरहेका हुन्थे ।’

पार्कमा बस्दा पनि उनीहरु कसैले निगरानी गरिरहेको त छैन भन्दै डराउँथे । चाचेस्कूको समयमा पत्रिकामा प्वाल बनाएर जासूसले पत्रिका पढेको जस्तो गरेर हेरिरहेका हुन्थे ।

एक रमोनियाकी महिला थिइन्, कार्मेन बुगान । उनका पिताले निकोलसको विरोध गरेका थिए । यसको प्रतिफलमा के भयो भने सन् १९८२ को १० मार्चमा निकोलसका सुरक्षाकर्मीले उनको घरमा छापा मारे । उनीहरुको घरमा बोलिएका सबै कुरा रेकर्ड गर्न थालिए ।

बुगानले बीबीसीसँग भनिन्, ‘म त्यो दिन स्कुलबाट फर्किएकी थिएँ । घरभर प्रहरी मात्र थिए । मेरो घरमा माइक्रोफोनहरु जोडिएको थियो, उनीहरु मेरो बुवाको चुरोट पिइरहेका थिए र कफि बनाइरहेका थिए’ ।

आफूले पछि मात्र यसबारे थाहा पाएको उनले बताइन् । आप्ना बाबुले निकोलसको विरुद्धमा पर्चा बाँड्ने गरेको र उनी भूमिगत भएको उनले बताइन् । त्यसरी छापा मार्न आएको प्रहरीले आफ्नो घरमा भएको सबै खाना लिएर गएको र आफू तीन सातासम्म पानीमा मात्र बाँचेको उनले बताएकी छिन् ।

उनी स्कूल जाँदा पनि उनीहरु पछि लाग्थे र स्कूल सकिँदा सम्म उनीहरु गेटमा नै हुन्थे’ उनले भनेकी छिन् ।

निकोलसको उचाइ ५ फिट ४ इन्चमात्र थियो । तर, उनले रोमानियका फोटोग्राफरहरुलाई आदेश दिएका थिए– यसरी मात्र फोटो खिच्नु कि मेरो उचाइ सबैभन्दा अग्लो देखियोस् ।

निकोलसकी पत्नी एलिनाले पनि १४ वर्षमा पढ्न छाडेकी थिइन् । तर, जब निकोलस सत्तामा आए, एलिनासँग पिएचडीको सर्टिफिकेट भएको कुरा रोमानियामा फैलाइएको थियो ।

निकोलस खासमा विश्वशक्ति बन्न चाहन्थे । त्यसका लागि रोमानियाको जनसंख्या धेरै हुनु पर्ने उनको धारणा थियो । त्यसैले रोमानियामा गर्भपतन गर्न नपाइने नियम लगाइएको थियो । त्यति मात्र होइन, निकोलसले रोमानियाको राजधानी बुकारेस्टमा एउटा यति ठूलो भवन बनाए कि अहिले पनि भवनका ७० प्रतिशत कोठाहरु खाली छन् । यो भवन बनाउन १५ हजार मजदूरले काम गरेका थिए ।

निकोलसको जीवनी समेटिएको एउटा पुस्तक पनि प्रकाशन भएको छ । त्यसमा लेखिए अनुसार ‘निकोलस निकै धेरै सचेत थिए, उनी इन्फेक्सनबाट बच्न दिनमा बीस पटक अलकोहल (रक्सी)ले आफ्नो हात धुन्थे ।’

निकोलसले चाहिँ सोभियत संघको कहिल्यै पनि समर्थन गरेनन् । बरु उनी सोभियत संघलाई रिस उठ्ने कामहरु गर्थे । त्यसका लागि उनी आफ्नो देशमा कहिले चीनका प्रधानमन्त्री बोलाउँथे त कहिले अमेरिकी राष्ट्रपति ।

यतिमात्र होइन, आफ्ना भ्रान्तिहरु उनी निकै सहज ढंगले अगाडि बढाइरहेका हुन्थे । उनी जन्मिन चाहिँ अत्यन्त गरिब परिवारमा जन्मिएका थिए । उनी स्कुल पनि नाङ्गै खुट्टा जाने गर्थे भन्ने एक फ्रेन्च प्रोफेसरले आफ्नो किताबमा लेखेका छन् । तर, उनी रोमानियाका स्कुलमा पढाइने पुस्तकहरुको पहिलो पानामा आफ्नो फोटो छपाउँथे, त्यहाँका पत्रिकाहरुलाई उनको विषयमा दैनिक ठूला समाचार लेख्न लगाउँथे ।

सन् १९७९ मा उनी बेलायत पुगेका थिए । त्यहाँ बेलायती महारानीले उनको निकै भव्य स्वागत गरेकी थिइन् । तर, निकोलसले जो कसैसँग पनि हात मिलाएपछि अलकोहलले हात धुन्थे ।

यसले चाहिँ बेलायती महारानीको मनमा नमीठो भाव पैदा गरिदिएको थियो । त्यति मात्र होइन, उनले एक दिन विहान निकोलसले आफ्ना सुरक्षाकर्मीसँग कुराकानी गरेको बगैँचामा पनि सुनिन् । त्यसपछि बेलायती महारानीले निकोलससँगको सम्बन्धलाई वास्ता गर्न छोडेको फ्रेन्च पत्रकारले लेखेको एउटा पुस्तकमा उल्लेख गरिएको छ ।

तर, निकोलसको अन्त्य चाहिँ सहज भएन । रोमानियामा जे काम गर्दा पनि उनको अनुमति लिनु पर्ने हुन्थयो । सन् १९७९ को १७ डिसेम्बरमा उनका सैनिकले प्रदर्शनकारीमाथि गोली चलाएपछि त्यहाँ प्रदर्शन निकै चर्किन थाल्यो । त्यहाँका जनता कति आक्रोशित थिए भने उनले गरिरहेको एउटा भाषणमा नै उनीमाथि आक्रमण हुन थाल्यो ।

पूरै देशमा विरोध कार्यक्रम बढ्न थाल्यो । पूरै रात त्यहाँका सैनिकले विद्रोहीमाथि गोली चलाए । तर, उनका सबै योजना असफल रहे । कतिसम्म भने अर्को दिन सेनाले पनि विद्रोहीको साथ दिन थाल्यो । प्रदर्शनकारीले निकोलसको घर घेर्न थालिसकेका थिए ।

एलिना

अब निकोलस हेलिकोप्टरमा भाग्ने भए । तर, उनलाई उनको भवनको लिफ्टले साथ पनि दिएन । त्यही भवनको छतमा राखिएको हेलिकोप्टरमा उनी भाग्नका लागि पाइलट नेर घुँडाले टेकेर बसेका थिए । त्यो हेलिकोप्टरमा ती पाइलटले निकोलस र उनकी पत्नीलाई रोमानियाको राजधानीभन्दा केही पर लगेर छोडे । उनीहरुसँग एकजना अंगरक्षक पनि थिए ।

तर, त्यही दिन निकोलस गिरफ्तारमा परे । क्रिसमसको त्यो दिन निकोलसमाथि एक सैनिक अदालतमा मुद्दा लगाइयो । उनी र उनकी पत्नीलाई हातमा हतकडी लगाएर उभ्याइएको थियो । त्यसपछि उनीहरुमाथि मृत्युको सजाय सुनाइयो ।

दुवैलाई अलगअलग गोली हानेर मारिने भनिएको थियो । तर, एलिनाले सँगै मर्न चाहिन् । अनि दुवैलाई एकै ठाउँमा राखेर गोली हानेर मारियो । २५ वर्षसम्म रोमानियमा शासन गरेका तानाशाह निकोलसको अन्त्य भयो ।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ७ : २५ बजे

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख