काठमाडौं – शिक्षामन्त्री महावीर पुनले सिंहदरबारमा बसेर राष्ट्रिय आविष्कार केन्द्रले बनाएको कोदो झार्ने मेसिनको प्रचार गरेका छन्।
आवश्यक परेमा सम्पर्क गर्नु भन्दै पुनले यसको प्रचार गरेका हुन्। पुनले कोदोको दाना र भुस राम्रोसँग छुट्याउने मेसिन भएकाले किसानलाई उपयोगी हुने बताएका छन्। उनले यो मेसिनको मूल्य साइज अनुसार भएको जनाउँदै ४५ हजार रुपैयाँ पर्ने जानकारीसमेत दिएका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमा पुनले लेखेका छन्। ‘कोदोको दाना र भुस राम्रोसँग छुट्याउँछ। कृषक समूह मिलेर किन्न सक्नु हुनेछ। यसको मूल्य साइज अनुसार ४५ हजार रुसयिाँको वरिपरि छ।













प्रतिक्रिया