काठमाडौं– काठमाडौं महानगरपालिकाले कार्तिक १४ गतेदेखि अहिलेसम्म २ हजार ८३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।
पशु कल्याणमा काम गर्ने विभिन्न ५ वटा संघ संस्थासँगको सहकार्यमा बन्ध्याकरणको काम भइरहेको महानगरले जनएको छ ।
कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार बन्ध्याकरण प्रक्रियाको महानगरपालिकाले अनुगमन गर्ने गरेको छ ।
‘यस क्रममा अहिलेसम्म पशु पक्रने, बन्ध्याकरण गर्ने, त्यसपछि आराम गराउने र पूर्ववत् स्थानमा पुनः स्थापित गराउने प्रक्रियामा पशु कल्याणलाई ध्यान दिइएको पाएका छौँ ।’ न्यौपानेले भने, ‘प्रक्रियामा पशुहरूलाई कुनै पनि प्रकारको पीडा हुँदैन । कुकुरलाई बन्ध्याकरण गरिसकेपछि २४ घण्टा निगरानीमा राख्ने गरिएको छ ।’
अपरेसनपछि समुदायमा पुनः स्थापना गरिएको एउटा कुकुरको गाडीको ठक्करबाट मृत्यु भएको महानगरले जानकारी दिएको छ ।













प्रतिक्रिया