विश्वकप उपाधिबाट चुक्यो नेपाली महिला दृष्टिविहीन टोली, भारतसँग ७ विकेटले पराजित « Khabarhub

विश्वकप उपाधिबाट चुक्यो नेपाली महिला दृष्टिविहीन टोली, भारतसँग ७ विकेटले पराजित


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाको कोलम्बोमा भएको ‘पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतले नेपाललाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि उचालेको छ। श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो।

उपाधि चुमेको भारतीय टोलीले नेपालले दिएको लक्ष्य १२.१ ओभर ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा भेट्टाएको हो।

नेपालका लागि नटआउट रहेकी सरिता घिमिरेले सर्वाधिक ३५ रन बनाउँदा बिमला राईले २६ रनको योदान दिएकी थिइन् । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

विजेता भारतका लागि करुणा के ले २७ बलमा ४२ रन बनाइन् । उपाधि जिताउने क्रममा फूला सरीनले पनि २७ बलमा ४४ रन बनाइन् ।

दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको थियो। पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको थियो। नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  २ : ४२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा