विकास निर्माणमा राजनीति गर्न हुँदैन– नेता सिंह « Khabarhub

विकास निर्माणमा राजनीति गर्न हुँदैन– नेता सिंह


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनता र जनप्रतिनिधि मिलेर अगाडि बढेमात्र देशको विकास हुने बताएका छन् ।

टोखा नगरपालिका–११ ले शनिवार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले विकास र निर्माणमा राजनीति गर्न नहुने बताए ।

“बहुदलीय व्यवस्थामा विभिन्न राजनीतिक दलले घोषणापत्र बनाएर जनतामाझ जाने र जितेपछि उक्त घोषणापत्रअनुसार काम गर्ने भएकाले जनप्रतिनिधिलाई सहयोग गनुपर्छ, तब विकास हुन्छ”, उनले भने ।

प्रदेश ३ का प्रदेशसभा सदस्य योगेन्द्र सङ्ग्रौलाले राजनीतिकरुपमा विभिन्न पार्टीबीच विभाजन भए पनि धार्मिक पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले विकासको जग खडा गर्दै गएको बताए ।

प्रदेशसभा सदस्य जीवन डङ्गोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई पूरा गर्न सरकार लाग्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले दुई तिहाइ जनमत पाएको सरकारले जनताका पक्षमा काम गर्न नसकेको दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टी टोखाका संयोजक दीपक बानियाँ, नेपाली कांग्रेस टोखा नगरपालिकाका सभापति वसन्त श्रेष्ठ, टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपाललगायतले स्थानीय विकासमा राजनीति गर्न नहुने बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ९ : ४८ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन