मृत अवस्थामा भेटिए पत्रकार दीपेन्द्र खनियाँ « Khabarhub

मृत अवस्थामा भेटिए पत्रकार दीपेन्द्र खनियाँ


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार दीपेन्द्र खनियाँ घरैमा मृत अवस्थामा भेटिएका छन्। काठमाडौँको थापागाउँ बानेश्वर हाइटस्थित रेडियो अडियोको स्टेशन रहेको घरमै उनी आइतबार मृत फेला परेका हुन्।

जिल्ला प्रहरी काठमाडौँ प्रहरी प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले खनियाँ मृत अवस्थामा भेटिएको पुष्टि गरेका छन् ।

’उहाँ रेडियो रहेको घरैमा झुन्डिएको अवस्थामा मृत भेटिनु भएको जानकारी आएको थियो’, उनले भने, ’प्रहरीले घटनास्थलको मुचुल्का गरिससकेको छ। आवश्यक कानुनी प्रक्रिया सकेर शव पोस्टमार्टमका लागि अस्पताल पठाउँदैछौँ।’

खनियाँ चर्चित स्टेशन रेडियो अडियोका सञ्चालक पनि हुन् । पत्रकार खनियाँका श्रीमती र एक छोरी रहेका छन् ।

उनको रेडियोले हास्यव्यङ्ग्यकर्मीहरू उत्पादन गर्दै आएको थियो । गाईजात्राका कार्यक्रमबाट पनि यो रेडियो अडियो चर्चित थियो। रेडियो प्रशारणमा नयाँ शैली अपनाएर यो स्टेशन स्थापित भएको थियो ।

उनी हाल उज्यालो रेडियो नेट्वर्क चलाउँदै आएका सञ्चारकर्मी गोपाल गुरागाईंका ज्वाईं हुन् । खनियाँले सुरुवातमा गुरागाईंसञ्चालक रहेको कम्युनिकेशन कर्नरमै काम गरेका थिए ।

उनले केही समय रेडियो सगरमाथामा पनि काम गरे । तर डेढ दशकयता उनले रेडियो रेडियो अडियो खलेर सक्रिय थिए ।

उनले केही चलचित्रमा लगानी पनि गरेका छन् । तर उनी पछिल्लो समय व्यवसाय आर्थिक संकटतिर पर्दै जाँदा तनावमा रहेको प्रहरीले अनुमान गरेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : ०८ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र