दोलखामा थपिए ६ हजार बढी मतदाता « Khabarhub

दोलखामा थपिए ६ हजार बढी मतदाता


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा आउँदो निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको संख्या उत्साहजनक रहेको पाइएको छ।

जिल्ला निर्वाचन कार्यालय दोलखाको पछिल्लो दुई महिनाको तथ्यांकअनुसार असोज ९गतेदेखि मंसिर ५ गतेसम्म  ६ हजार ६सय ८७ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका हुन् ।

जस अनुसार दुई नगरपालिका र सात गाउँपालिकाबाट एक हजार ४ सय जनाले नाम दर्ता गरेका छन् । त्यसैगरी बाह्य जिल्लाबाट नाम दर्ता गर्नेको संख्या ५९ रहेको छ ।

त्यसैगरी राष्ट्रिय परिचयपत्र मार्फत नाम दर्ता गर्नेको संख्या पाँच हजार दुई सय गरी छ हजार छ सय ८७ जना पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा चार सय २५ जना नयाँ मतदाता थपिएका छन् भने, सबैभन्दा कम जिरी नगरपालिकामा ७५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

त्यसैगरी कालिञ्चाेक गाउँपालिका एक सय ७५ जना, वैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिकामा नयाँ थपिने संख्या बराबर १५२/१५२ जना रहेको छ ।

त्यस्तै तामाकोशी गाउँपालिकामा एक सय १३ जना, शैलुङ गाउँपालिकाका ९९ जना, विगुका एक सय १ जना र मेलुङ गाउँपालिकाका  एक सय ८ जनागरि एक हजार ४ सय जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका हुन् ।

त्यसैगरी अन्य जिल्लाबाट नाम दर्ता गर्ने ५९ जना रहेका छन् भने, राष्ट्रिय परिचयपत्रसँगै मतदातामा नाम दर्ता गर्नेहरूको संख्या पाँच हजार दुई सय २८ रहेको छ ।

त्यसैगरी नामावलीमा बिग्रेको नाम सच्याउनेको संख्या एक सय ८४ जना रहेको छ भने, नाम सार्नेको संख्या चार सय ५४ जना रहेको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : ३२ बजे

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि