बाबुरामले भने- जेन-जी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरेका हौँ « Khabarhub

बाबुरामले भने- जेन-जी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरेका हौँ


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जेन-जी आन्दोलनको मर्म अनुसार नयाँ पार्टी गठन गरिएको बताएका छन् । 

आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा भट्टराईले जेन-जी युवाहरूको मर्म र भावना अनुसार जेन-जी विद्रोहको उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताएका हुन् ।

उनले जने-जी युवाहरूको चाहना अनुसार राजनीतिक पुनर्संरचना आवश्यक रहेको भन्दै त्यसो हुन नसके नेपाल विश्वसँगै अघि बढ्न नसक्ने धारणा राखे । 

प्रगतिशील लोकतान्त्रिक पार्टी जेन-जी पुस्तासँग जोडिएको पार्टी भएकाले युवाहरू नै पार्टीको नेतृत्व लिनुपर्ने उनले बताए ।

भट्टराईले अहिले कम्युनिष्टमा ठग प्रवृति देखिएकाले धेरै दिन नटिक्ने तर्क गरे । धरापमा परेको लोकतन्त्र र जटिल भूराजनीतिक अवस्थाबाट देशलाई बढाउनका लागि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने उनले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ५ : ३७ बजे

ओलीलाई लक्षित गर्दै गृहमन्त्रीले भने- बयान दिन नगए सरकारले सहयोग गरेर आयोगमा उभ्याउँछ

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते

छोराले जिम्मा लिएर लगे दुर्गा प्रसाईंलाई

काठमाडौं- विवादित मेडिकल व्यवसायी एवम् राजा फर्काउने अभियानमा लागेका दुर्गा

खोटाङमा थपिए तीन हजार ९८५ मतदाता

खोटाङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर

जसपा, राष्ट्रिय मुक्ति र नाउपा नेपाल मिलेर निर्वाचनमा जाने, चुनाव चिह्न जाँतो

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता