काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधिशको भक्ति गर्न छाडेर नयाँ पार्टीमा सामेल भएको बताएका छन् ।
आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा कार्यक्रममा शर्माले राजनीतिक दलका नेता तथा कार्यकर्ताको भ्रष्टिकरण, परिवारवाद, सत्ताको कुर्सीको खेलका कारण देश अर्थराजनीतिको संकटको भूमरीमा परेका कारण युवाहरुमा चरम निराशा छाएको र त्यसका कारण जेन-जी आन्दोलन भएको बताए ।
संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन नसकेको उनले बताए ।
उनले पार्टीले निकट भविष्यमा राजनीतिक पुनर्संरचना सम्मेलनको आयोजना गर्ने जानकारी दिए ।













प्रतिक्रिया