समाजलाई बालविवाह मुक्त गराउन वर्तमान कानुन नै प्रभावकारी छ, कार्यान्वयन गरौँ : उपसभामुख दनुवार « Khabarhub

समाजलाई बालविवाह मुक्त गराउन वर्तमान कानुन नै प्रभावकारी छ, कार्यान्वयन गरौँ : उपसभामुख दनुवार


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले समाजलाई बालविवाह मुक्त गराउन वर्तमान कानुन नै प्रभावकारी रहेकाले यसलाई कार्यान्वयन गर्न जरुरी रहेको बताएकी छन् । 

आइतबार विराटनगरमा आयोजना गरिएको बालविवाह सम्बन्धी राष्ट्रिय जाँचबुझ परामर्श कार्यक्रममा बोल्दै उपसभामुख दनुवारले बालविवाह मुक्त गराउन विद्यमान कानून कार्यान्वयनमा देखिएका समस्या र बाधकका रुपमा रहेका पक्षहरूलाई गहन रुपमा ध्यान दिनुपर्ने समेत बताइन् । उनले बालविवाह अन्त्यका लागि सामाजिक सचेतना पनि उत्तिकै आवश्यक रहेको बताइन् । 

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशले आयोजना गरेको सो कार्यक्रममा बालविवाहका कारण बालबालिकाहरूमा शारीरिक, मानसिक र मनोवैज्ञानिक प्रभाव पर्ने भएकाले सम्बन्धित सरकारले चासो र चिन्ता लिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । 

नेपाल सरकारले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने घोषणा गरेको छ । पछिल्लो एक वर्षमा तराई मधेश र कर्णाली प्रदेशमा १८ वर्षमुनीका ५० प्रतिशत किशोरीहरूको बालविवाह भएको तथ्यांक रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ०६ बजे

विवाह पञ्चमीको चौथो दिन आज तिलकोत्सव सम्पन्न

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज चौथो

ओलीलाई लक्षित गर्दै गृहमन्त्रीले भने- बयान दिन नगए सरकारले सहयोग गरेर आयोगमा उभ्याउँछ

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते

छोराले जिम्मा लिएर लगे दुर्गा प्रसाईंलाई

काठमाडौं- विवादित मेडिकल व्यवसायी एवम् राजा फर्काउने अभियानमा लागेका दुर्गा

खोटाङमा थपिए तीन हजार ९८५ मतदाता

खोटाङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर