खोटाङमा थपिए तीन हजार ९८५ मतदाता « Khabarhub

खोटाङमा थपिए तीन हजार ९८५ मतदाता


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

खोटाङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर खुला गरिएको मतदाता नामावली सङ्कलन अभियानका क्रममा खोटाङका तीन हजार ९८५ जनाले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गराएका छन् ।

जेन-जी आन्दोलनपछि गठन भएको सरकारले दिएको निर्देशनअनुसार निर्वाचन आयोगले गत असोज ९ गतेदेखि देशभर सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानका क्रममा खोटाङका एक हजार ९२३ महिला र दुई हजार ६२ पुरुषले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउने नयाँ मतदातामध्ये अधिकांश युवा छन् । जिल्लामा मतदाता नामावली दर्ता गराउने अधिकांश १६ देखि २५ वर्ष उमेर समूहको रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यही मङ्सिर ५ गतेसम्म थपिएका नयाँ मतदातामध्ये कार्यालयमा आएर एक हजार २०३ जना र राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ७८२ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरले जानकारी दिए ।

“गत कात्तिक १७ गतेसम्म खोटाङमा एक लाख ४४ हजार ३२९ मतदाता कायम भएको थियो । अहिले तीन हजार ९८५ जनाले मतदाता नामावलीमा आफ्ना नाम दर्ता गराएका छन्”, उनले भने, “निर्वाचन आयोगले आगामी पुस–१५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । मतदाता नामावलीमा नाम दर्ता गराएर फागुन २० गतेभित्र १८ वर्ष पूरा भएका व्यक्तिले मतदान गर्न पाउँछन् । त्यो सङ्ख्या पुस १५ गते मात्र यकिन हुन्छ ।”

जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ मतदातामध्ये ८१० मतदाताले अन्तर जिल्ला मतदान केन्द्र कायम गरिदिन माग गर्दै कार्यालयमा निवेदन दिएको जिल्ला निर्वाचन अधिकारी मगरले जानकारी दिए । यस्तै, नयाँ मतदाता नामावली दर्ताका लागि २७० मतदाताले बाहिर फाराम भरे पनि बायोमेट्रिक गर्न कार्यालय नआएको जनाइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : ४३ बजे

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको