कांग्रेसका उम्मेदवारको टिकटमा देउवाकै हस्ताक्षर रहने « Khabarhub

कांग्रेसका उम्मेदवारको टिकटमा देउवाकै हस्ताक्षर रहने


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि टिकटमा सभापति शेरबहादुर देउवाकै हस्ताक्षर चल्ने गरी दल दर्ता गराएको छ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पार्टी दर्ता गराएका हुन्। कांग्रेसले शनिबार चुनावमा भाग लिने निर्णय गरेको थियो।

चुनावी प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा टिकटमा हुने आधिकारिक हस्ताक्षरको नमुना आयोगमा पेस गर्नुपर्छ। स्रोतका अनुसार कांग्रेसले टिकटमा हस्ताक्षरका लागि सभापति देउवाकै नाम बुझाएको छ।

जेनजी आन्दोलनमा आक्रमणमा परेपछि उपचारका लागि सिंगापुर जानुअघि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक दिएका थिए।

महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापाले देउवाकै नेतृत्वमा चुनावमा जान नसकिने तर्क गर्दै आएका छन्। माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ताको निवेदन दिने आज अन्तिम दिन हो। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने मंसिर १० गतेसम्म दर्ताको निवेदन दिने समय तोकिएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ८ : ५९ बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक