कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन « Khabarhub

कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता नामावलीका लागि निवेदन दिएका छन् । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मतदाता नामावली संकलन सुरु गरिएको थियो । मङ्सिर ५ गतेसम्मको अवधिमा कोशी प्रदेशका जिल्ला, प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत मतदाता नामावली दर्ताका लागि निवेदन दिइएको हो ।  

निर्वाचन कार्यालयमा पुगेर ५८ हजार ९२५ जनाले तथा अनलाइनमार्फत ९८ हजार ६८८ जनाले नामावली दर्ताका लागि निवेदन दिएका छन् । मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयमार्फत र अनलाइन दुवै गरी ताप्लेजुङबाट तीन हजार, पाँचथरबाट चार हजार ३८९, इलामबाट ६ हजार ६४, सङ्खुवासभाबाट दुई हजार ८०८, तेह्रथुमबाट तीन हजार ६७७, धनकुटाबाट तीन हजार २७२, भोजपुरबाट दुई हजार ९०९, खोटाङबाट चार हजार १६२, सोलुबाट ५८०, ओखलढुङ्गाबाट पाँच हजार ९३२, उदयपुरबाट आठ हजार ७१७, झापाबाट ३५ हजार ३१९, सुनसरीबाट ३२ हजार ३८२ र प्रदेश निर्वाचन कार्यालय विराटनगरबाट ४४ हजार ४०२ जनाले निवेदन दिएका छन् ।

निर्वाचन आयोगले आफू बसेको स्थानको निर्वाचन कार्यालयबाट वा कुनै आफ्नो अनुकूल पर्ने निर्वाचन कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीका अनुसार सोह्र वर्ष पूरा भई नागरिकता प्राप्त गरेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गरे पनि फागुन २० गतेसम्म १८ वर्ष पूरा नभएकाहरू मात्रै फागुन २१ गतेको निर्वाचनको मतदाता हुन पाउने छन् । अहिले मतदाताको नामावली अद्यावधिक गर्ने काम भइरहेको उनले जानकारी दिए। 

सूचना अधिकारी अधिकारीका अनुसार निवेदन दिनेहरू दोहोरिएको हुनसक्ने, पायक पर्ने स्थानबाट नामावली दर्ताका लागि निवेदन दिए पनि अन्यत्र जिल्लाको पनि मतदाता हुने, त्रुटि भएकाको सच्याइने र ठाउँ सारी भएका सबैको अद्यावधिक गरी यही मङ्सिर २० गते निर्वाचन आयोगमा अन्तिम नामावली पठाइने छ । गत असोज १० गतेअघिसम्म कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९०० मतदाता थिए ।
 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १२ : २३ बजे

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं – त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगु सोरु

दूध चुसाई रहेकी आमा, सुत्केरी, वृद्धहरूलाई पनि एकै व्यवहार नगरियोस् : रञ्जु दर्शना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारले सुकुम्वासीप्रति गरेको

मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै काठमाडौं हिँडेका मिटरब्याज पीडित धनुषाको

ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना, अमेरिकामा सुरक्षा सतर्कता बढ्यो

काठमाडौं- इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक