कञ्चनपुरको हुलाकी सडक आठ वर्ष बितिसक्दा पनि अधुरै « Khabarhub

कञ्चनपुरको हुलाकी सडक आठ वर्ष बितिसक्दा पनि अधुरै


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको सुरुवात २०७३ फागुनमा भएको थियो । तीन वटा प्याकेजमा ठेक्का दिएर थालिएको निर्माण निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटक-पटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो ।

कूल ६२ किलोमिटर सडकमध्ये हालसम्म ५० किलोमिटर मात्रै कालोपत्र भएको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले तीन वटा प्याकेजमध्ये दोस्रो प्याकेजको करिब १२ किलोमिटर हुलाकी सडक कालोपत्रे हुन नसकेको बताए।

‘दोस्रो २२ किलोमिटरको प्याकेजमा एक हजार १०० मिटर भारतसितको सीमा विवादका कारण निर्माण छाडेकोसहित गरेर १२ किलोमिटर कालोपत्रे भएको छैन’ प्रमुख लामिछानेले भने, ‘२२ किलोमिटरको अन्तिम प्याकेज निर्माणको अन्तिम चरणमा छ ।’

त्यसैगरी सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणसमेतका लागि गरेर चालु आर्थिक वर्षमा २५ करोड बजेट विनियोजन भएको प्रमुख लामिछानेले जानकारी दिए । सडक निर्माणले कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकहरूलाई सदरमुकाम महेन्द्रनगर र प्रदेश राजधानीसमेत रहेको धनगढी बजार आवागमनमा सहजता थपिएको छ । 

‘वर्षौंसम्म हिलो र थुलो खाएर यात्रा गर्नुपरेको थियो’, बेलौरीका शिक्षक केशव विष्टले भने, ‘अढाइ वर्षमा बनाइसक्नुपर्ने सडक ठेकेदारको लापर्वाहीले साढे आठ वर्षसम्म नबन्दा हैरानी खेप्नुपरेको छ ।’

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १२ : ५९ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन