काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्टस्ले १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनाएको हो ।
जनकपुरको कसिलो बलिङले सुरुवाती तीन ब्याटर सस्तैमा आउट भए । २६ बलमा ओपनर लोकेश बमले २ चौका र १ छक्का प्रहार गरे ।
अर्का आपेनर जर्ज मुन्से १० रन जोडेर आउट भए ।
पहिलो विकेट गुमेपछि क्रिजमा आएका मार्टिन गुप्टिलले १५ बल खर्चेर १३ रन जोडे ।
बसिर अहमद र शुभम रञ्जने विराटनगरको ब्याटिङ उकास्ने प्रयास गरे ।
बसिरले ३५ बलमा ३ छक्काको सहयोगमा ३६ रन जोडे । विराटनगरका सर्वाधिक रनकर्ता रञ्जानले २९ बलमा दुई चौका र दुई छक्का ३७ रन जोडे । उनी रन आउट भएका हुन् ।
अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । जनकपुरको कसिलो ब्याटिङले विराटनगरका ब्याटरहरुले कम संख्यामा बाउन्ड्री खेले । विराटनगरले जम्म सात चौका र ६ छक्का प्रहार ग¥यो ।
बलिङतर्फ जनकपुरका संगीत कुरेले दुवै ओपनर लोकेश बम र जर्ज मुन्सेलाई आउट गराए । आदित्य मेहेताले मार्टिन गुप्टिलको महत्त्वपूर्ण विकेट लिए ।
दोस्रो सर्वाधिक रनकर्ता बसिर अहमदलाई रुपेश सिंहले आउट गराए । रुपेशले दुई विकेट लिए ।
आजको खेलको सबैभन्दा खर्चिलो बलर किशोरी महतो बने । दुई ओभर बलिङ गर्दा उनले विकेटरहित रहेर १९ रन खर्चिए ।













प्रतिक्रिया