विराटनगरका कप्तान सन्दीपले लिए २ महत्त्वपूर्ण विकेट, जनकपुरका तीन ब्याटर आउट « Khabarhub

विराटनगरका कप्तान सन्दीपले लिए २ महत्त्वपूर्ण विकेट, जनकपुरका तीन ब्याटर आउट


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले जनकपुर बोल्टस्को दुई महत्त्वपूर्ण विकेट लिएका छन् । 

सन्दीपले ओपनर लाहिरु मिलन्था र जनकपुरका कप्तानसमेत रहेका ब्याटर अनिल शाहको विकेट लिएका हुन् ।

 १४ बलमा चार रन जोडेका अनिषलाई सन्दीपले ६ ओभरको चौथो बलमा आउट गराएका हुन् । त्यस्तै, ८ ओभरको दोस्रो बलमा ओपनर मिलन्थालाई सन्दीपले बोल्ट गराएका हुन् । 

मिलन्थाले २२ बलमा २३ रन जोड्न २ चौका र १ छक्का प्रहार गरेका थिए । जनकपुरको पहिलो विकेट सूर्य तामाङले लिएका हुन् । उनले ओपनर आशिफ शेखलाई २ ओभरको चौथो बलमा आउट गराएका हुन् ।

आशिफले ११ बलमा १३ रन जोड्न २ चौका र १ छक्का प्रहार गरे । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रियक क्रिकेट रंगशालामा जनकपुर टस जितेर १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  २ : १३ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस