ताइवानले दशौँ लाख नागरिकलाई सुरक्षा पुस्तिका वितरण गर्ने « Khabarhub

ताइवानले दशौँ लाख नागरिकलाई सुरक्षा पुस्तिका वितरण गर्ने


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानले दशौँ लाख नागरिक सुरक्षा पुस्तिका वितरण गर्ने भएको छ । चिनियाँ हमलाको जोखिम बढिरहेको बेला ताइवानले यस्तो कदम चाल्न लागेको हो ।

ताइवान सरकारले अङ्ग्रेजी र अन्य विदेशी भाषामा समेत लेखिएको यो पुस्तिका ९८ लाख पत्रमञ्जुषामा पुर्‍याउने तयारी गरेको छ । उक्त पुस्तिकामा ताइवानले कस्तो अवस्थाको सामना गर्नसक्छ भन्ने सम्भावित अवस्थालाई मध्यनजर गर्दै सुरक्षाका उपाय सुझाइएको छ ।

यस पुस्तिकाबाट सम्भावित आपतकालीन परिस्थितमा कसरी जीउधनको सुरक्षा गर्ने भन्नेबारे नागरिकहरुले जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ । समाचार संस्था रोयटर्सका अनुुसार ताइवानले गत सेप्टेम्बरमा यस पुस्तिका सार्वजनिक गरेको थियो ।

उक्त पुस्तिकामा नजिकै रहेका बम सेल्टर र आपतकालीन सामग्रीको तयारी गर्नेबारे पनि नागरिकलाई जानकारी दिनेछ । ताइवानको पछिल्लो कदमलाई आफ्ना नागरिकहरुलाई कुनै पनि संकटग्रस्त अवस्थाका लागि तयार राख्ने उपायका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ४ : ५० बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल