कर्णालीको बलिङमा दबदबा, सुदूरपश्चिमले दियो १४० रनको सामान्य लक्ष्य « Khabarhub

कर्णालीको बलिङमा दबदबा, सुदूरपश्चिमले दियो १४० रनको सामान्य लक्ष्य


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा बलिङमा कर्णाली याक्स दबदाब रहँदा सुदूरपश्चिम रोयल्सले ०० रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारितक २० ओभरको ९ विकेट गुमाएर १३९ रन बनाएको हो । 

कर्णालीका कप्तान सोम्पाल कामीले पहिलो ओभरको पहिलो बलमै सुदूरपश्चिमका आपनर जोश ब्राउनलाई डक आउट गराए ।

पहिलो ओभरदेखि नै बलिङमा प्रभाव छोडेको कर्णालीले इनिङ भरी लयमा बलिङ ग¥यो । सोमपालले जोश र हर्मित सिंह जस्ता महत्त्वपूर्ण ब्याटरलाई आउट गराउँदै तीन विकेट लिए । 

उनले एक ओभर मेडन फ्याके । चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिए ।

किफयाती बलिङ गरेका नन्दनले आरिफ शेख र स्कट कुगेलेइजनको विकेट लिए । ३ ओभर बलिङ गर्दा उनले मात्र ११ रन दिए । 

कर्णालीका विपिन शर्माले ओपनर विनोद भण्डारीको विकेट लिए । चार ओभर बलिङ गर्दा उनले २६ रन दिए । 

मार्क वाटले सुदूरपश्चिमका दीपेन्द्रसिंहको महत्त्वपूर्ण विकेट लिए । चार ओभर बलिङ गर्दा उनले १९ रन खर्चिए ।
 
पहिलो विकेट गएसँगै दबाबमा गएको सुदूरपश्चिमबाट सबैभन्दा बढी रन बनाउने दीपेन्द्रसिंह ऐरी हुन् । उनले २८ बलमा एक चौका र दुई छक्काको सहयोगमा ३९ रन जोडे । 

८ ओभरको तेस्रो बलमा चौथो विकेट खसेपछि ऐरी क्रिजमा आएका थिए । त्यसबेला सुदूरपश्चिम चार विकेटको क्षतिमा ४६ रनको दयनीय अवस्थामा थियो । 

१७ ओभरको चौथो बलमा ऐरी आउट हुँदा उनको टिम ८ विकेटको क्षतिमा १३५ रनको उकासिएको अवस्थामा पुगेको थियो । 

आशिफ शेख सर्वाधिक रन जोड्ने दोस्रो खेलाडी बने । उनले २५ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडे । हर्मित सिंहले १९, क्रिस लिनले १८, विनोद भण्डारीले ११ र स्कट कुगेलेइजनले १० रन जोडे । 

नरेन साउद र जोश ब्राउनले रनको खाता खोल्न सकेनन् । दुवै सोमपालको बलको शिकार भएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : ४८ बजे

रास्वपाबाट निकालिएको तीन वर्षपछि ढाकाकुमार हर्कको श्रम संस्कृतितिर

काठमाडौं- घुस काण्डमा मुछिएर रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २०७९

खुम्बु ल्होसार कप-२०२६ माघ २४ गतेदेखि सुरु हुने

काठमाडौं– शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु

अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको वाचा

एजेन्सी– केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा

संसद् भवन जलाउनेलाई रास्वपाको टिकट, तनुजाको कटाक्ष- राष्ट्रको सम्पत्ति विध्वंश गर्नेको राम्रै मूल्यांकन भएछ

काठमाडौं- जेन–जी आन्दोलनकी अगुवा तनुजा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत् जेन–जी