सर्वाधिक रन बनाउने कर्णालीका दुई ब्याटर सुदूरपश्चिमका ऐरीको बलको शिकार « Khabarhub

सर्वाधिक रन बनाउने कर्णालीका दुई ब्याटर सुदूरपश्चिमका ऐरीको बलको शिकार


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको कर्णाली याक्सले दुई महत्त्वपूर्ण हिटरलाई गुमाएको छ । 

ओपरनद्वय जोश ब्राउन र मार्क वाट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको शिकार बनेर मैदानबाट बाहिरिएका हुन् ।

३ ओभरको तेस्रो बलमा मार्क १० बलमा २ छक्काको सहयोगमा १७ रन जोडेर आउट भए । उनी सिजनकै एक मात्र शतक प्रहार गर्ने ब्याटर हुन् ।

लुम्निबी लायन्सविरुद्धको खेलमा उनले ४४ बलमा अविजीत ११४ रन जोडेका थिए ।

पहिलो दोस्रो ओभरको पाँचौ बलमा कर्णालीले ऐरीकै बलमा प्रियांक पञ्चाललाई गुमाएको छ ।

यस सिजनको दोस्रो सर्वाधिक दोस्रो रन बनाउने पञ्जाललाई ऐरीले बिनोद भण्डारीमार्फत् क्याच आउट गराएका हुन् ।

आजको खेलमा पञ्चालको ब्याटिङ चलेन । पञ्चाल पाँच बलमा सामना गर्दा रनको खाता नखोली आउट भएका हुन् ।
टिमको पहिलो खेलमा पञ्चाल चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन जोडेका थिए । उनी सिजनको सर्वाधिक दोस्रो रन बनाउने खेलाडी हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : २५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस