ट्रम्प र सीबीच टेलिफोन वार्ता « Khabarhub

ट्रम्प र सीबीच टेलिफोन वार्ता


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेको छन् ।

वार्तामा सीले बुसान बैठकपछि चीन–अमेरिका सम्बन्ध स्थिर रूपमा सकारात्मक दिशामा अघि बढिरहेको बताएका थिए । उनका अनुसार दुवै देश र अन्तर्राष्ट्रिय समुदायले यो अवस्थालाई स्वागत गरेका छन्। चीन–अमेरिका सहकार्य दुवैका लागि लाभदायी हुने र टकरावबाट दुवैले क्षति भोग्ने कुरा फेरि एकपटक प्रमाणित भएको उनले स्पष्ट गरे।

उनका अनुसार दुवै देशले बराबरी, सम्मान तथा पारस्परिक लाभको आधारमा वर्तमान सकारात्मक गतिलाई कायम राख्दै सहकार्यका क्षेत्र विस्तार गर्नुपर्छ । समस्या सूचीलाई न्यून बनाउँदै लैजानु पर्ने र यसबाट दुवै देशका जनतासहित विश्व समुदायले प्रत्यक्ष लाभ पाउने उनले स्पष्ट गरे।

वार्ताका क्रममा राष्ट्रपति सीले ताइवानसम्बन्धी चीनको कठोर र दीर्घकालीन धारणा पनि पुनः दोहोर्याए। ताइवानको चीनमा पुनःएकीकरण दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय व्यवस्थाको महत्वपूर्ण हिस्सा भएको उनले बताए।

चीन र अमेरिका दुवैले फासिवाद र सैन्यवादविरुद्ध एकै मोर्चामा लडेको इतिहास स्मरण गर्दै उनले हालको भू–राजनीतिक परिस्थितिमा विश्वयुद्धपछिको व्यवस्था जोगाउन संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १० : ५५ बजे

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले

कसुरजन्य सम्पत्तिको विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान गर्ने निकायबाट कसुरजन्य सम्पत्तिको

‘एक्जिट पोल’ चलाउने यी ६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ- फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर एक्जिट पोल