चितवनमा सवारी दुर्घटना : साउनदेखि कात्तिकसम्म २९ जनाको ज्यान गयो « Khabarhub

चितवनमा सवारी दुर्घटना : साउनदेखि कात्तिकसम्म २९ जनाको ज्यान गयो


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २१ पुरुष, ६ जना महिला र बालबालिका दुई जना रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा भएका दुई सय २४ दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।

यस्तै ती दुर्घटनामा परी चार सय ५६ जना घाइते भएका छन् । यसरी दुर्घटनामा पर्नेमा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन छन् ।

उनका अनुसार चार महिनामा भएको सवारी दुर्घटनामा तीन सय ३३ वटा सवारीसाधन परेका छन् । तीमध्ये दुई सय एक मोटरसाइकल छन् ।

यस्तै जिप, कार ३४, शारीरिक शक्तिले चल्ने ३०, ट्रक, ट्याङ्कर २४, बस १५, टेम्पो १४ रहेका छन् । यस्तै टिपर दुई, माइक्रोबस पाँच, ट्याक्टर चार र अन्य सवारीसाधन चार छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा दुई सय पाँचवटा सवारी दुर्घटना भएको थियो । गत वर्षको तुलनामा यस वर्ष दुर्घटना धेरै भए पनि मानवीय क्षति भने कम भएको छ । गत वर्ष सोही अवधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने चार सय १४ जना घाइते भएका थिए ।

दुर्घटना न्यूनीकरणका लागि जिल्लामा छड्के जाँच, जनचेतना जगाउने कार्यक्रम गरिरहेको थापाले बताए । फराकिला सडकमा तीव्रगतिमा सवारी चलाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चालउँदा अहिले दुर्घटना बढेको उनको भनाइ छ ।

सडकअनुसार सवारी चाप बढी हुनु र ट्राफिक नियमको पालना नगर्नुले पनि दुर्घटना बढेको उनले बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ११ : ४७ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन