छोरीमाथि पनि छोरासरह लगानी गर्नुपर्छ : प्रधानमन्त्री « Khabarhub

छोरीमाथि पनि छोरासरह लगानी गर्नुपर्छ : प्रधानमन्त्री


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले छोरीहरुमाथि छोरासरह लगानी गरे मात्रै समानता आउने बताएकी छिन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन मङ्गलबार उनले अभिभावकलाई छोरीमाथि लगानी गर्न हिचकिचाउन नहुने बताइन् ।

उनले भनिन्, ‘वास्तवमा मनैदेखि छोरीमाथि लगानी छैन । सहरबजार र शिक्षित परिवारमा छोरीलाई छोरासरह शिक्षा दिए पनि ग्रामीण तथा विकटमा अझै छोरीलाई अवसरबाट वञ्चित गरेको पाइन्छ । उनीहरूले समानता बुझ्नै पाएका छैनन् । गरिबीमा समानता हुँदैन । खानै छैन कसरी समानता आउँछ ।’

प्रधानमन्त्री कार्कीले प्रत्यक्ष निर्वाचनमा जिताएर महिलालाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिइन् ।

उनले आफू अन्तरिम सरकारको प्रधानमन्त्री मात्रै भएको भन्दै समानताको कुरा साकार गर्नका लागि महिलालाई प्रत्यक्ष चुनावमा जिताएर प्रधानमन्त्री बनाउनुपर्ने उल्लेख गरिन् ।

उनले भनिन्, ‘महिला उम्मेदवारलाई झारा टार्न चुनाव जित्नै नसक्ने क्षेत्रको टिकट दिने अभ्यास छ । चुनाव हार्ने क्षेत्रमा टिकट दिइन्छ । प्रत्यक्ष निर्वाचनमा जितेर बनेको प्रधानमन्त्री भएमा समानता हुन्छ । अन्तरिम सरकारको प्रधानमन्त्री भएर महिलाको समानता भयो भन्नु गलत हो ।’

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १२ : ०९ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही