आईसीसीबाट निलम्बन फुकुवापछि क्यानको पहिलो बैठक आज « Khabarhub

आईसीसीबाट निलम्बन फुकुवापछि क्यानको पहिलो बैठक आज


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट शसर्त निलम्बन फुकुवा भएपछि नेपाल क्रिकेट संघ (क्यान) को पहिलो बैठक आज (आइतबार) बस्दैछ ।

मुलपानीस्थित क्यानको कार्यालयमा बस्ने बैठकले आईसीसीको निलम्बन फुकुवासम्बन्धी विषयमा छलफल गर्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

असोज १० र ११ गते काठमाडौंमा भएको क्यान निर्वाचनबाट चतुरबहादुर चन्दको टोली नेतृत्वमा आएपछि आईसीसीले क्यानको निलम्बन शसर्त फुकुवा गरेको हो ।

‘बैठकमा आईसीसीले भनेका ‘कन्डीसन्’ बारे छलफल हुन सक्छ खासै ठूलो एजेन्डाहरु नहोलान्’ सचिव प्याकुरेलले भने ।

‘निलम्बन फुकुवा भइसकेपछि पहिलो पटक बस्दैछ । त्यसैले यसमा अन्य कुराहरु भन्दा पनि आईसीसीको निर्णयबारे छलफल हुन्छ,’ सचिव प्याकुरेलले भने,‘यसमा खासै धेरै एजेन्डा केही पनि छैन् ।’

आईसीसीले गतको सोमबार क्यानको निलम्बन फुकुवा गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट पारस खड्काले राजीनामा दिएपछिको पहिलो बैठक भएपनि यसमा पारसको विषयमा गहन छलफल भने नहुने प्याकुरेलले बताए ।

‘पारस जीको राजीनामा क्यानसम्म आधिकारीक रुपमा नसकेकाले यो विषयमा छलफल हुँदैन्,’ सचिव प्याकुरेलले अगाडि भने,‘यसमा साथिहरुले चासो राख्न सक्छन् । तर, आधिकारीक रुपमा राजीनामा नआइकन यो विषयमा छलफल हुँदैन ।’

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १० : १७ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको