स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता   « Khabarhub

स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता  


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेका द्विपक्षीय दातृ निकायहरूका प्रतिनिधिहरूबीच शिष्टाचार भेट भएको छ । 

नेपालस्थित अमेरिकी राजदूतावासका प्रतिनिधि पाट्रिक एस गन र नुर पन्त, जर्मनीका राजदूतावासका प्रतिनिधि बेन्जामिन सिडेर र जन ड्रिक सेन, बेलायती दुतावासका प्रतिनिधि डिएगो मोरोसो र डा. दीपक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधि मिजुकी मतसाजुकी र कृष्णप्रसाद लम्साल, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)का प्रतिनिधि सृष्टि चित्रकार र मिलन महर्जनसँग शिष्टाचार भेट भएको हो ।

भेटका क्रममा मन्त्री गौतमले नेपालको स्वास्थ्य प्रणाली सुधारमा दातृ निकायले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी छिन् । उनले मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता अभिवृद्धि र प्रवासमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सुधार मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताइन् । 

दातृ निकायका प्रतिनिधिहरूले पनि जनस्वास्थ्यका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतामा रहेका कार्यक्रममा आ आफ्नो क्षेत्रबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ३ : ५२ बजे

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले ल्यायो घोषणापत्र

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले